अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु

,   लिम्बुवान न्युज
                       

  • प्रकाश पाक्साँवा

तेह्रथुम १३ असोज । नियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गीत संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लागेको अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु भएको छ । आइडलको अनलाइन आवेदन यही असोज ८ गतेदेखी सुरु भएको हो ।

आइडलमा सहभागिताहरु बन्न इच्छुकहरुले यही असोज २० गतेसम्म सम्म आवेदन दिने सक्ने प्रोडक्सनका संयोजक नियारा सुब्बाले बताइन् । आईडलको पहिलो चरणको अडिसन अनलाइन मार्फत गरिने भएको छ । पहिलो चरणमा छनौट भएका प्रतियोगिहरुलाई दोश्रो चरण ट्याक राउण्ड अन्तरगत नेपालका सहभागीहरुको लागि दमकमा र भारतका सहभागीहरुको लागि सिक्कीममा हुने भएको आयोजकले जनाएको छ । त्यस्तै सेमिफाईनल राउण्ड सिलगुडी भारतमा हुने भएको छ । आईडलको फाईनल लिम्बु जातीहरुको महान पर्व चासोक तङनाममा सिक्किममा हुने जनाइएको छ ।

आईडलमा विजेता १ लाख आइ.सी. एकसेट हार्माेनियम, ट्रफी, एउटा म्युजिक भिडियो, म्युजिकल टुर नेपाल तथा भारत र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै पहिलो देखी पाँचौ रनरफ बन्नेलाई नगद २०/२० हजार आई.सी, १/१ गितार, सामुहिक गित रेकर्ड म्युजिकल टुर नेपाल भारत र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । प्रोडक्सनले पहिलो याक्थुङ आइडल सिजन वान गरी सिजन टु आयोजना गर्न लागको हो ।

आवेदनका लागी यो लिंक ओपन गरेर भर्न सक्नु हुने छ ।

http://neeyaraproduction.com/register.php?fbclid=IwAR0N4fGRhFDEdglBmvz2_T8nOHXJFiQlwkG3VJ-OrqY8_wMa5TKYQRKl7LI

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;