कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै

 लिम्बुवान न्युज
                       

दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ ।

वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र नभएर विदेशमा पनि संस्था स्थापना भई क्रियासिल रहेको जातीय संगठन हो ।

कियाचू संघीय कार्यालयले “लिम्बुवान स्थापना हाम्रो प्रतिबद्धता, मुक्कुम्लुङ पवित्र स्थलमा केवलकार निर्माण खारेज गर, कोशी नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश १ को नाम कायम गर” नाराहरु दिएर पाँच दिवसीय कार्यक्रम आयोजना गरि मनाउँदैछ ।

यहि भदौं १३ गते देखि शुरु भएको कार्यक्रममा पहिलो दिन साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार वितरण तथा मुन्धुम स्वर्णियम साँझको आयोजना कियाचू संघीय कार्यालय नखिपोटमा आयोजना गरेको थियो ।

यसैगरी १४ गते प्रदेश १ को नाम कोशी खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार विमर्श सहित चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

भदौं १५ गते ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा बहस कार्यक्रम तथा मुक्कुमलुङमा नो केवलकार एक्जीविसन चुम्लुङहिममा सम्पन्न भएको थियो ।

यस्तै कियाचू संघीय समितिले आइतबार विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल, भारत, बेलायत, हङकङ, कोरिया, अमेरिका, अष्टे«लिया, खाडी मुलुकहरु, मलेसिया लगायत दर्जनौं देशहरुमा रहेको चुम्लुङ संगठनका प्रमुख लगायत जिम्मेवार नेतृत्वहरु बिच शुभकामना आदानप्रदान भएको कियाचू महासचिव निरन्ती तुम्बापोले बताइन ।

आज (सोमबार) कियाचू संघीय कार्यसमितिले मूल समारोह कार्यक्रम गर्ने जनाएको छ । रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार वितरण कार्यक्रम त्यसैगरी के लाङ, या?लाङ, येवा लाङ, हाक्फारे, पालाम, ख्याली जस्ता लिम्बु संस्कृतिमा आधारित सांगीतिक तथा संस्कृतिक कार्यक्रम सहित कार्यक्रम गरिने जनाएको छ ।

यसैगरी लिम्बुवान प्रदेश समितिले झापाको दमकस्थित किरात भवनमा कियाचु झापा जिल्ला र दमक नगर समितिसँग संयुक्त रुपमा विविध कार्यक्रम गरि स्थापना दिवस कार्यक्रम आयोजना गरिने प्रदेश समिति अध्यक्ष मधुराज केरुङले बताए ।

कार्यक्रममा झापामा रहेका सबै याक्थुङहरुलाई उपस्थितिको लागि आव्हान गरिएको जितेन पन्धाक साङसेनले बताए ।
यसैगरी मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, इलाम, भरतपुर लगायत विभिन्न जिल्ला र पालिका शाखाहरुमा पनि चुम्लुङको ३६औं स्थापना दिवस मनाउने तयारी भईरहेको बताइएको छ ।

प्रवासमा रहेको कियाचूले पनि आ–आफ्नो प्रवासमा विविध कार्यक्रम गरि स्थापना दिवस मनाउन कियाचू संघीय समितिले आव्हान गरेको कियाचू महासचिव तुम्बापोले बताइन् ।

२०४६ सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था स्थापनासँगै स्थापना भएको लिम्बु याक्थुङ जातीहरुको जातीय संगठन किरात याक्थुङ चूम्लुङ याक्थुङ भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा र रितिथितिलाई उजागर गर्दै मौलिक पहिचान सहित लिम्बुवान स्थापनाको लागि निरन्तर क्रियासिल रहेको छ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...