कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै

 लिम्बुवान न्युज
                       

दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ ।

वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र नभएर विदेशमा पनि संस्था स्थापना भई क्रियासिल रहेको जातीय संगठन हो ।

कियाचू संघीय कार्यालयले “लिम्बुवान स्थापना हाम्रो प्रतिबद्धता, मुक्कुम्लुङ पवित्र स्थलमा केवलकार निर्माण खारेज गर, कोशी नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश १ को नाम कायम गर” नाराहरु दिएर पाँच दिवसीय कार्यक्रम आयोजना गरि मनाउँदैछ ।

यहि भदौं १३ गते देखि शुरु भएको कार्यक्रममा पहिलो दिन साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार वितरण तथा मुन्धुम स्वर्णियम साँझको आयोजना कियाचू संघीय कार्यालय नखिपोटमा आयोजना गरेको थियो ।

यसैगरी १४ गते प्रदेश १ को नाम कोशी खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार विमर्श सहित चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

भदौं १५ गते ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा बहस कार्यक्रम तथा मुक्कुमलुङमा नो केवलकार एक्जीविसन चुम्लुङहिममा सम्पन्न भएको थियो ।

यस्तै कियाचू संघीय समितिले आइतबार विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल, भारत, बेलायत, हङकङ, कोरिया, अमेरिका, अष्टे«लिया, खाडी मुलुकहरु, मलेसिया लगायत दर्जनौं देशहरुमा रहेको चुम्लुङ संगठनका प्रमुख लगायत जिम्मेवार नेतृत्वहरु बिच शुभकामना आदानप्रदान भएको कियाचू महासचिव निरन्ती तुम्बापोले बताइन ।

आज (सोमबार) कियाचू संघीय कार्यसमितिले मूल समारोह कार्यक्रम गर्ने जनाएको छ । रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार वितरण कार्यक्रम त्यसैगरी के लाङ, या?लाङ, येवा लाङ, हाक्फारे, पालाम, ख्याली जस्ता लिम्बु संस्कृतिमा आधारित सांगीतिक तथा संस्कृतिक कार्यक्रम सहित कार्यक्रम गरिने जनाएको छ ।

यसैगरी लिम्बुवान प्रदेश समितिले झापाको दमकस्थित किरात भवनमा कियाचु झापा जिल्ला र दमक नगर समितिसँग संयुक्त रुपमा विविध कार्यक्रम गरि स्थापना दिवस कार्यक्रम आयोजना गरिने प्रदेश समिति अध्यक्ष मधुराज केरुङले बताए ।

कार्यक्रममा झापामा रहेका सबै याक्थुङहरुलाई उपस्थितिको लागि आव्हान गरिएको जितेन पन्धाक साङसेनले बताए ।
यसैगरी मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, इलाम, भरतपुर लगायत विभिन्न जिल्ला र पालिका शाखाहरुमा पनि चुम्लुङको ३६औं स्थापना दिवस मनाउने तयारी भईरहेको बताइएको छ ।

प्रवासमा रहेको कियाचूले पनि आ–आफ्नो प्रवासमा विविध कार्यक्रम गरि स्थापना दिवस मनाउन कियाचू संघीय समितिले आव्हान गरेको कियाचू महासचिव तुम्बापोले बताइन् ।

२०४६ सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था स्थापनासँगै स्थापना भएको लिम्बु याक्थुङ जातीहरुको जातीय संगठन किरात याक्थुङ चूम्लुङ याक्थुङ भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा र रितिथितिलाई उजागर गर्दै मौलिक पहिचान सहित लिम्बुवान स्थापनाको लागि निरन्तर क्रियासिल रहेको छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...