कियाचू लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय के?लाङ (च्याब्रुङ) प्रतियोगिता गर्ने

 लिम्बुवान न्युज
                       

दमक, १७ भदौं । किरात याक्थुङ चम्लुङ लिम्बुवान प्रदेश समितिले आगामी याक्थुङहरुको महान पर्व चासोक तङनाममा अन्तर्राष्ट्रिय केलाङ (च्याब्रुङ नाँच) प्रतियोगिता गर्ने भएको छ । प्रदेश समितिको आइतबार दमकस्थित लाट्टे आर्ट क्याफेमा बसेको छैटौं पूर्ण बैठकले निर्णय गरेको छ ।

समितिले ३६औं स्थापना दिवसको अघिल्लो दिने बैठक बस्दै अन्तर्राष्ट्रिय केलाङको आयोजना गर्ने समितिका अध्यक्ष मधुराज केरुङले बताउनु भयो । भारतका विभिन्न प्रान्त, भूटान, मेनमार, हङकङ, बेलायत लगायत देशहरुबाट कार्यक्रममा सहभागी गराउने बताउनु भयो । उनले प्रतियोगिता विजेताहरुलाई लाखौंको पुरस्कार राशी प्रदान गरिने बताउनु भएको छ ।

यसैगरी उक्त बैठकले प्रदेश समितिमा हेरफेर गरेको जनाएको छ । हेरफेर गरिएको समितिको अध्यक्ष मधुराज केरुङ पान्थर, उपाध्यक्षहरुमा टंकमाया लिम्बु तेह्रथुम, तीर्थ सावदेन इलाम, मुख्यसचिव नरेन्द्रराज केरुङ पान्थर, सचिवहरुमा जितेन पन्धाक झापा, दिलु लिङदेन लावती मोरङ, कोषाध्यक्षमा विन्द्र कुमार लिम्बु मोरङ त्यसैगरी सचिवालय सदस्यहरुमा इन्दीरा मेयोङबा तुम्बापो पान्थर र कविन्द्र सेर्मा झापालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी सदस्यहरुमा बुद्ध इङवा पान्थर, रघुवीर नेम्बाङ पान्थर, दिलु सुब्बा सुनसरी, महेश्वर हुक्पाचोङबाङ सुनसरी, धनमाया एक्तेन इलाम, रमेश मादेन ताप्लेजुङ, मनकुमारी पन्धाक झापा, विक्रम वनेम फागो झापा, गीता खजुम मोरङ, मौसम माखिम मोरङ, प्रेम तुम्बाहाङ धनकुटा, दिलु इङनाम तेह्रथुम, अर्जुन लिम्बु, मोरङ, सन्देश सुब्बा, पान्थर, दिलकुमार लावती झापा, सन्देशकुमार सुब्बा झापा र सकुन्तला आङदेम्बे धनकुटा रहेको जनाइएको छ ।

यसैगरी लिम्बुवान प्रदेश समितिको सल्लाहकारहरुमा माननीय सदस्य तथा पूर्वमन्त्री श्रीप्रसाद जवेगु, सह प्रा.डा. मोहन तुम्बाहाङ, प्राज्ञ दिलेन्द्र सुब्बा, डा. चित्र मावो, नरेन्द्र कुमार केरुङ, विष्णु तुम्बाहाङफे, अधिवक्ता याम योङहाङ, अर्थशास्त्री एल.बि. पालुङवा, साहित्यकार सेसेमी से नाल्बो, इतिहासकार टेकरत्न चेम्जोङ र भविराज तुम्सा रहेको अध्यक्ष केरुङले बताउनु भयो ।

बैठकले भावी कार्यक्रमका साथै कोशी नाम खारेजी लगायत कियाचू संघीय समितिले आयोजना गर्ने सबै कार्यक्रमहरुमा शसक्त रुपमा सहभागिता जनाउने र जिल्ला लगायत अन्य तहहरुमा संगठन सुदृणीकरण लगायतका कार्यक्रमहरु पुराउने निर्णय भएको जनाएको छ । यसैगरी आगामी मंसिर २ गते प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आयोजना गर्ने वृहत जनप्रदर्शनमा कियाचूबाट शसक्त सहभागिता जनाउन सबै तहलाई निर्देशन समेत दिने प्रदेश अध्यक्ष केरुङले बताउनु भएको छ ।

सम्बन्धित समाचार

फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...