कियाचू हङकङका पूर्व अध्यक्ष त्रिभूवन लुम्फुङवा सम्मानित

,   लिम्बुवान न्युज
                       

दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङ् हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङवा लिम्बु दुई संस्थाबाट सम्मानित भएका छन् । सोमबार झापाको दमक ५ बेलडाँगीरोडस्थित तुमिरो क्याफेमा एक कार्यक्रमगरि लिम्बुलाई सम्मान गरिएको हो ।

इलाम, फाकफोकथुम ४ लिम्बु गाउँमा स्थापित फुङवा युवा क्लबका सचिव भावना लिम्बुले गतबर्षको चासोक तङनाम मेलालाई ३० हजार रकम सहयोग गर्नुभएकोमा संस्थाको तर्फबाट सम्मानपत्रले सम्मान गरेकी थिइन् ।

यसैगरी मिक्लाजुङ ४ स्थित याक्थुङ भिलेजमा निर्मित चाँदीको सिलामसाक्मा निर्माण साथै उक्त क्षेत्रमा चासोक तङनाम सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको भनी सिलामसाक्मा चोक निर्माण समितिले पनि सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका सांस्कृतिक संयोजक भुपेन्द्र तुम्बाहाम्फेले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सहजीकरण संचारकर्मी दिलकुमार लावतीले गरेका थिए । कार्यक्रममा फुङ्वा युवा क्लबकी सदस्य निरु लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

आफूलाई सम्मान गरेकोमा दुई संस्थाहरुप्रति आभार व्यक्त गर्दै सम्मानित लिम्बुले यो सम्मानले थप हौसला मिलेको र आफूले सकेको साथ सहयोग सधै रहने बताउनु भयो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;