कियाचू ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

,   लिम्बुवान न्युज
                       


ललितपुर, १८ भदौं । लिम्बू याक्थुङ् जातिको प्रमुख सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस मनाए विविध कार्यक्रम गरि मनाएको छ । ललितपुरस्थित चुम्लुङहिममा सोमबार संघीय समितिले सप्ताहव्यापी कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै पुरस्कार तथा सम्मान वितरण गरि सम्पन्न गरिएको छ ।

सांस्कृतिक र औपचारिक कार्यक्रमहरू साविकझैं भए पनि चुम्लुङले यस वर्षको स्थापना दिवस मुक्कुम्लुङ संरक्षण र प्रदेश नामांकनमा केन्द्रित गरेको थियो । वक्ता, विमर्श र केही मुख्य कार्यक्रममा कोशी नाम खारेजी र पुनः नामांकन तथा मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीले प्रमुखता पाएको थियो ।

लिम्बू भाषाको गीतसंगीत क्षेत्रमा विशेष योगदान पु¥याएका स्रष्टाहरु भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकलाई साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
मुन्धुम स्वर्णिम साँझमा येवालाङ, केलाङ, यालाङ, हाक्पारे पेन्युक साम्लो, तुवा पेन्युक साम्लोजस्ता लिम्बू जातिका मौलिक गीतसंगीतहरु कलाकारहरुले प्रस्तुत गरेका थिए ।

यसैगरी लिम्बू थरगत संस्थाबीच विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो । यसरी नै ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा बहस कार्यक्रम तथा मुक्कुमलुङमा ‘नो केवलकार प्रदर्शनी’ सम्पन्न भएको थियो ।
आइतबार विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चुम्लुङका विभिन्न समितिका साथै भारत, युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया, खाडी मुलुकहरु लगायत प्रवास समितिहरुका पदाधिकारीहरूले आपसमा स्थापना दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।

साथै सोमबार स्थापना दिवसको दिन विभिन्न पुरस्कार वितरण कार्यक्रम तथा के लाङ, या?लाङ, येवा लाङ, हाक्फारे, पालाम, ख्यालीजस्ता लिम्बु संस्कृतिमा आधारित सांगीतिक तथा संस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वताउनु भयो ।
यस अवसरमा उपस्थित विभिन्न जातजातिका संस्था तथा संघसंगठन प्रमुख÷प्रतिनिधिहरूले चुम्लुङले याक्थुङ जातीहरुको भाषा, संस्कृति र पहिचानका क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

चुम्लुङ लिम्बुवान प्रदेश समितिले दमकमा मनायो ३६औं स्थापना दिवस

कियाचू लिम्बुवान प्रदेश समितिले झापाको दमकस्थित किरात भवनमा झापा जिल्ला समिति र दमक नगर समिति तीन वटा समितिले संयुक्त रुपमा मनाएको छ । प्रदेश समितिका अध्यक्ष मधुराज केरुङ्को अध्यक्षता तथा संघीय सल्लाहकार ध्रुव मेन्याङ्बोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संघीय सदस्य इक्सा सम्बाहाम्फे, प्रदेश समितिका पदाधिकारीहरु, सदस्यहरु लगायत चुम्लुङमा आबद्ध व्यक्तित्वहरुको बाकुलो उपस्थिति रहेको थियो ।

जिल्ला कार्यसमिति झापाका अध्यक्ष सेसेहाङ् फियाकले कार्यक्रमको स्वागत मन्तव्य राखेका थिए भने दमक नगर समितिका अध्यक्ष देवेन्द्र चेम्जोङ्ले संचालन गरेका थिए ।

कार्यक्रममा प्रदेश सल्लाहकारद्वय पहिचानवादी नेता प्रेमदिप थाम्सुहाङ र अर्थशास्त्री एलबी पालुङ्वाले शुभकामना मन्तव्य राख्दै लिम्बुवानमा पहिचानको राजनीति र अर्थतन्त्र बारे विचार राखेका थिए ।

याक्थुङ सांस्कृतिक परिषदले केलाङ सहित स्थापना दिवसमा विविध कार्यक्रम र सम्मान कार्यक्रम समेत राखिएको प्रदेश सचिव साङसेन पन्धाकले बताउनु भयो ।

यसैगरी भारत, युराेप, अमेरिका, अष्ट्रेलिया, मलेसिया, काेरिया, जापान, हङकङ, अरब मुलुकहरू लगायत प्रवासहरूमा समेत ३६अाैं स्थापना दिवस भव्य रूपमा मनाइएकाे जानकारी प्राप्त भएकाे छ ।

विभिन्न जिल्लाहरुमा छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण सहित ३६औं स्थापना मनाइयो

ताप्लेजुङ, पाँचथर, इलाम, सुनसरी, धनकुटा, तेह्रथुम, मोरङ्, संखुवासभा त्यसैगरी झापाको मेचीनगर, कमल, सुनसरीको धरान लगायत अन्य विभिन्न स्थानीय तहहरुमा समेत विविध सांस्कृतिक कार्यक्रम गरि कियाचू ३६औं स्थापना दिवस मनाइएको जिल्ला समितिहरुले जनाएको छ ।

विभिन्न संजालहरुबाट प्राप्त तस्वीरहरु

 

 

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;