प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ भदाैं १५ गते झापाबाट शुरू

 लिम्बुवान न्युज
                       

दमक, १८ भदाैं । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ झापाबाट सुरु गरेकाे छ ।
कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामङ्कन गर्न जनता जगाउने उदेश्यले भदौ १५ गते झापाको बिर्तामोडबाट अभियान सुरु गरेको हो ।

दुई चरणमा गरेर कार्तिक १७ गतेसम्म प्रदेश १ काे १४ जिल्लामा अभियान गर्ने तालिका समितिले सार्वजनिक गरेको छ ।

संयुक्त संघर्ष समितिले गत असार १ र २ गते ताप्लेजुङको फुङलिङ बजारमा भएको बैठकले २०८१ मंसिर २ गते विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो ।

आन्दोलनलाई प्रभावकारी बनाउन डकेन्द्रसिंह थेगिम संयोजक तोकेर अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ‘इतिहास, भूगोल, सभ्यता र संस्कृतिको रक्षार्थ हाम्रो आव्हान, संमृद्ध नेपाल र पहिचानको आधारमा पुन नामकरण गर्न जिल्ला जागरण अभियान’ भन्ने नाराको साथ भदौ १५ झापा र १६ गते मोरङमा प्रशिक्षण सम्पन्न गरेकाे छ ।

झापामा संघर्ष समिति जिल्ला संयोजक पाण्डवलाल चौधरी र मोरङ बेलबारीमा रामभक्त कुरुम्बाङको अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

पाँच पार्टी मिलेर निर्वाचन हराएः थेगिम

इलाम उप निर्वाचनमा पहिचान पक्षधरको साझा उमेद्वार रहेका डकेन्द्रसिंह थेगिमले उपनिर्वाचनमा पहिचानवादी एकपट्टी र अरु सम्पूर्ण दल अर्कोतिरको स्थिति भएको बताए ।

एमाले उमेद्वारलाई माओवादी, रास्वपा, राप्रपा, नेकपा (विप्लव), र कांग्रेसको एउटा पक्ष पुरै लागेर जिताएको थेगिमले बताए ।

पहिचानवादीले जित्ने परिस्थिति देखेपछि माथिल्लो तहमा एमाले, कांग्रेस, रास्वपा लगाएतका दलहरु एकतिर लागेर चुनाव हराएको थेगिमको भनाइ थियो । यद्यपि पहिचानवादीहरुलाई आएको करिव १२ हजार भोटले पार्टीका नेताहरु आतंकित भएर विश्वमा कहि नभएको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने, सविधान सशोधनसम्मको तयारी गरिरहेको बताए ।

थेगिमले देशमा हुँदै आएको बेथितिको विरुद्ध र पहिचानको पक्षमा दिनदिनै माहोल बढ्दै गएको भन्दै निर्णायक आन्दोलनको लागि तयार हुन जनतालाई आव्हान गरेका छन् ।

अर्का वक्ता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ले आफ्नो पार्टी आन्दोलन सफल भइन्जलसम्म संयुक्त संघर्ष समितिमा रहने बताए ।

जनयुद्धलाई हेर्ने दृष्टिकोण बारेमा चलिरहेको बहस सम्बन्धमा विचार राख्दै माओवादी जनयुद्धको कारण संघीय गणतन्त्र आएकोले जनयुद्धलाई अपमान गर्न नमिल्ने बताए । ‘महान जनयुद्ध हो’ लिङ्देनले भने ‘म कम्युनिष्ट होइन, तर म जनयुद्धलाई महान भन्छु ।’

लिङ्देनले पछिल्लो राजनीतिक उतार चढाव हेर्दा मंसिरदेखि हुने कोशी नाम खारेजीको आन्दोलन भयंकर हुने बताए । इलाम—२ मा पहिचानवादी संगठनको साझा उमेद्वार दिने मोडेल स्थापित भएकोले आगामी दिनमा सोही मोडल अनुसार जानुपर्ने बताउदै अएका छन् ।

मोरङको कार्यक्रममा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले पहिचानको आधारमा पुन नामकरणको लागि राजनीतिक दलसहितको गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।

कोशी नदी अनि कसैले नमागेको नाम कोशी खारेजीको मुद्धा सहि भएको करण खारेजी निश्चित रहेको राईको भनाइ थियो ।

झापा प्रशिक्षणमा पहिचानसहितको पुन नामकरण अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष कुमार लिङ्देन (मिराकं), किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल राष्ट्रि जनमुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती र प्रदेश अध्यक्ष धनबहादुर पन्धाक, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य टुपेन्द्र एक्तेन, राजवंशी सेवा समाजका केन्द्रीय अध्यक्ष अभय राजवंशी, जसपा झापा जिल्ला अध्यक्ष सागर राई, पहिचानका लागि युवाको झापा सचिव गौरिमान राई लगायतले आन्दोलन शसक्त र व्यवस्थित बनाउने बारे विचार राखेका थिए ।

यसैगरी मोरङ बेलबारीमा भएको प्रशिक्षण कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, डकेन्द्रसिंह थेगिम, कुमार लिङ्देन, नेपाल राष्ट्रि जनमुक्ति पार्टीको प्रदेश सचिव एलपी पालुङ्वा, नागरिक उन्मुक्ति पार्टीका नेता अशाेक चेम्जाेङ, दिलकुमार लावती, केन्द्रीय सदस्य नन्द याम्फू, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य केदार धिमाल, जसपा प्रदेश अध्यक्ष केशरमान गुरुङ, जसपा नेपालका शान्ता मोक्तान, नेकपा .(विप्लव)को तर्फबाट सुनिता किराती लगायत नेताहरूकाे सहभागी रहेकाे थियाे ।

त्यस्तै फोनिज प्रदेश ईन्चार्ज भक्तशेर लिम्बू, धिमाल जातीय विकास केन्द्रका नेता अजित धिमाल, नेपाल आदिबासी जनजाति महासंघ मोरङ उपाध्यक्ष भोजवीर माझी, गुरुङ राष्ट्रिय परिषदको मोरङ जिल्ला अध्यक्ष मनकुमार गुरुङ लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

अब कस्तो होला आन्दोलन ?

कोशी नाम खारेजीको आन्दोलनमा ४२ बर्षिय युवा पदमकुमार लिम्बू (लाजेहाङ)को झडपमा परी मृत्यु भइसकेको छ । गजेन्द्र फागोको घुँडामा गोली लागेर उपचाररत छन् ।

इलाममा आशिष लिम्बू करिव डेढ बर्षदेखि जेलमा रहेका छन् । १५० बढी घाइते, २५० बढीलाई मुद्धा लागेको छ ।

संघर्ष समिति निर्णायक आन्दोलनको तयारी गर्दैछ । पहिचान आन्दोलन सुरुहुँदा माओवादी, ससपा .(वर्तमान विभाजित भएर २ समूह) सरकारमा थियो ।

सरकारमा भएपनि यी संगठनमा रहेका धेरै कार्यकर्ताहरुकाे आन्दोलन प्रति सहानुभूति रहेको थियो । यतिवेला माओवादी सत्ता बाहिर रहेको छ । जसपा दुबै संगठन आन्दोलनको मोडमा देखिन्छ । आन्दोलनमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय, पहिचानवादी मोर्चा, नागरिक उन्मुक्ति पार्टीले समेत संगठन सुदृद्धिकरण गरिरहेको छ ।

एमाले, कांग्रेस भित्र पनि पहिचान नेता, कार्यकर्ताहरु आन्दोलन प्रभावकारी बने पार्टी भित्र दबाब दिने वा खुलेर सडकमा उत्रिने परिस्थिति सिर्जना हुनसक्ने अवस्था देखिन्छ ।

स्थिति हेर्दा आगामी प्रदर्शन वृहत, आन्दोलन प्रभावकारी बन्ने र निर्णायाक मोडतिर जानसक्ने किरात राइ यायाेक्खाका उपमहासचिव अर्जुन जम्नेली राइ बताउँछन् । उनले  श्रीलंका र बंगलादेशमा भएको जनविद्रोह र नेपालका नेताहरु भ्रष्टाचारमा मुछिएको कारण जनतामा बितृष्ण बढ्दो रहेकाे र आन्दोलन उठ्दै गए स्थापित पार्टीहरुको नेता, कार्यकर्ताहरुले भ्रष्ट नेताहरुको साथ छाडेर आन्दोलनमा आउने स्थिति सिर्जना हुने बताउनु भयाे ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...