अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङलाई

 लिम्बुवान न्युज
                       

दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ ।

शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले नगद ३० हजार रुपैयाँ हात पारेको छ । उपविजेता धरानले २० हजारमा चित्त बुझाएको छ ।

फ्रेण्डसिप, सम्बन्ध र संगति खेलको मुख्य नारा रहेको सो प्रतियोगिताको उत्कृष्ट गोल रक्षक सुजन बर्देबा, सर्वाधिक गोलकर्ता सनिल राई, र उत्कृष्ट खेलाडी सुमन राईलाई ट्रफी प्रदान गरिएको छ । खेलको समापन अघि दमक ईसाई समाजका पास्टर तथा पत्रकारहरुको मैत्रीपूर्ण खेल भएको थियो ।

दमक ५ स्थित बिस्ट फुटसल खेलमैदानमा भएको प्रतियोगिताको फाइनलमा कडा प्रतिस्पर्धात्मक खेल भएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ समूहले भाग लिएका थिए ।

प्रतियोगिताको उदघाटन दमक नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक एल्डर शिखर राईको अध्यक्षतामा भएको थियो ।

उदघाटनमा दमक वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, इसाई समाजका अध्यक्ष हेमन्त सुब्बा, सचिव अजय पाठक, समाजका सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष आकाश थुलुङ लगायतको उपस्थिती थियो ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...