पुराना कम्युनिष्ट नेता लोकबन्ध कन्दङवा माओवादीमा प्रवेश

 लिम्बुवान न्युज
                       


दमक, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले आज बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समिकरण बनाउने खेलमा नलाग्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र अब जनतासंग जाने र जनतालाई संगठित गर्दै अघि बढ्ने अध्यक्ष दाहालको भनाई छ ।

नेकपा एमाले र नेपाली कांग्रेसलाई २०८४ सालसम्म नै मिल्न र सरकार सञ्चालन गर्न शुभकामना दिएको बताउनु भएका अध्यक्ष दाहालले फेरि प्रचण्ड जी मिल्न प¥यो भन्दै नआउन आग्रह गर्नुभयो ।

यसैबीच पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित झापा बिर्तामोडका लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । उहाँसंगै पाँचभन्दा बढी विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कन्दङ्वाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ । कन्दङ्वासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सदस्य विरेन्द्र याक्थुङवा लिम्बु र कमल गाउँपालिकाका पूर्व अध्यक्ष अमर मावोहाङ् लगायत पनि माओवादीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पार्टीका अध्यक्ष दाहाल सहित उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...