पुराना कम्युनिष्ट नेता लोकबन्ध कन्दङवा माओवादीमा प्रवेश

,   लिम्बुवान न्युज
                       


दमक, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले आज बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समिकरण बनाउने खेलमा नलाग्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र अब जनतासंग जाने र जनतालाई संगठित गर्दै अघि बढ्ने अध्यक्ष दाहालको भनाई छ ।

नेकपा एमाले र नेपाली कांग्रेसलाई २०८४ सालसम्म नै मिल्न र सरकार सञ्चालन गर्न शुभकामना दिएको बताउनु भएका अध्यक्ष दाहालले फेरि प्रचण्ड जी मिल्न प¥यो भन्दै नआउन आग्रह गर्नुभयो ।

यसैबीच पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित झापा बिर्तामोडका लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । उहाँसंगै पाँचभन्दा बढी विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कन्दङ्वाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ । कन्दङ्वासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सदस्य विरेन्द्र याक्थुङवा लिम्बु र कमल गाउँपालिकाका पूर्व अध्यक्ष अमर मावोहाङ् लगायत पनि माओवादीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पार्टीका अध्यक्ष दाहाल सहित उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;