नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छः मन्त्री भण्डारी

,   लिम्बुवान न्युज
                       

ललितपुर, ३० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।”
भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित बनाउन निर्देशन दिनुभयो । “हाम्रो नीति निर्यात बढाउने हुनु पर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मनत्रालयबाट आवश्यक सहयोग रहन्छ”, मन्त्री भण्डारीले भन्नुभयो । साथै उहाँले पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरुसँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिनुभयो ।
उहाँले संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको बताउनुभयो । पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचितय नै समाप्त हुने मन्त्री भण्डारीको भनाइ थियो । उहाँले भन्नुभयो, “पारवहन सन्तोषजनक ढङ्गले नचले राज्यका लागि बोझ बनाउन सरकारले चाहे पनि सक्दैन ।”

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;