आयोगले स्थानीय तहकाे उपनिर्वाचनका लागी असाेज १० देखि दल दर्ता गर्ने

 लिम्बुवान न्युज
                       

ललितपुर, २ असाेज।  निर्वाचन आयोगले १६ गते मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको जनाएकाे छ ।

विज्ञप्तिमा जनाए अनुसार असोज २० मा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र  मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका रहेकाे जनाएकाे छ ।
आयोगले त्यसपछि मंसिर १६  गते निर्वाचन हुने विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...