ललितपुर, ६ असोज। आदिवासी चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो ।
याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन तथा निर्देशन गरेका हुन ।
पाँचथरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन भने युवराज राइको छायांकन, पर्शु थलङ लिम्बुको सम्पादन रहेको छ भने नोगेन लिम्बू, इन्दु फोम्बो, मोनि ताम्लिङ, राजेन्द्र केरुङ र तुलसा लिम्बुले स्वर दिएका छन । सागर केरुङकाे गीत र बुद्ध लिम्बुको संगीत रहेको छ ।
ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...
ललितपुर, २५ साउन । ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...
ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...