ललितपुर, ६ असोज। आदिवासी चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो ।
याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन तथा निर्देशन गरेका हुन ।
पाँचथरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन भने युवराज राइको छायांकन, पर्शु थलङ लिम्बुको सम्पादन रहेको छ भने नोगेन लिम्बू, इन्दु फोम्बो, मोनि ताम्लिङ, राजेन्द्र केरुङ र तुलसा लिम्बुले स्वर दिएका छन । सागर केरुङकाे गीत र बुद्ध लिम्बुको संगीत रहेको छ ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...