सिङ्गाने बुलाकी र सपनाहरू

 लिम्बुवान न्युज
                       

(कविता )
अशाेक चेम्जाेङ्

सिङ्गाने बुलाकी र सपनाहरू

तिमि संग
तिम्रो सपनाहरू माथि
लगानी गर्ने बैक छ।
मैले हातमुख जोडन साउदी जानुपर्छ
मेरो लागी
दुखहरुमा लगानी गर्ने
अलैंचीको बोटहरु हो
अम्लिसोको झ्याङहरु हो
भाउ नपाएर
मेल र कागती जस्तै
अमिलो भएको छ जिन्दगी ।
तिमी संग
तिम्रो सपनाहरू माथि
लगानी गर्ने
बैंक छ
म संग
मेरै भन्नु मिल्ने
बचेखुचेको
आमाको ,
सिङ्गाने बुलाकि छ ।
तिमि जस्तै
भात खानु
बाच्नैको लागि
मर्नु नपर्ने भए
म पनि देश बोक्थे होला
देशलाई मायाले सुमसुम्याउथे होला
देशको लागि सपनाहरू देख्थे होला
तिमि हुन सकिन
चाहिन
पाईन
जे सुकै बुझ्नुस
म भएर बाच्नु कठिन छ
दुखले पो बाचिरहेको छु जिन्दगी
म को हो चिन्यौ?
तिमिलाई महान नेता बनाउने मध्येको एउटा म
म फेरि बाच्नलाई
म बिर्सिएर मरिरहेको म
म भएर हेर
आफ्नै देशमा
……………
……………
………..
तिम्रा सपनाहरू
आलिसान होलान्
नोकर चाकर होला
अजङ्गको सिंहदरबार होला
मेरो एउटा सानो सपना छ
आफ्नै देशमा बाच्न पाउ
आफ्नै देशमा
खान पाउ
पिउन पाउ
स्वयम्भूको डाडा माथी उभिएर
सिंहदरबार बगाउने गरि मुत्न पाउ
(लेखकः राजनीति कर्मी तथा सर्जक र चलचित्र निर्देशक पनि हुन्)

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...