सिङ्गाने बुलाकी र सपनाहरू

,   लिम्बुवान न्युज
                       

(कविता )
अशाेक चेम्जाेङ्

सिङ्गाने बुलाकी र सपनाहरू

तिमि संग
तिम्रो सपनाहरू माथि
लगानी गर्ने बैक छ।
मैले हातमुख जोडन साउदी जानुपर्छ
मेरो लागी
दुखहरुमा लगानी गर्ने
अलैंचीको बोटहरु हो
अम्लिसोको झ्याङहरु हो
भाउ नपाएर
मेल र कागती जस्तै
अमिलो भएको छ जिन्दगी ।
तिमी संग
तिम्रो सपनाहरू माथि
लगानी गर्ने
बैंक छ
म संग
मेरै भन्नु मिल्ने
बचेखुचेको
आमाको ,
सिङ्गाने बुलाकि छ ।
तिमि जस्तै
भात खानु
बाच्नैको लागि
मर्नु नपर्ने भए
म पनि देश बोक्थे होला
देशलाई मायाले सुमसुम्याउथे होला
देशको लागि सपनाहरू देख्थे होला
तिमि हुन सकिन
चाहिन
पाईन
जे सुकै बुझ्नुस
म भएर बाच्नु कठिन छ
दुखले पो बाचिरहेको छु जिन्दगी
म को हो चिन्यौ?
तिमिलाई महान नेता बनाउने मध्येको एउटा म
म फेरि बाच्नलाई
म बिर्सिएर मरिरहेको म
म भएर हेर
आफ्नै देशमा
……………
……………
………..
तिम्रा सपनाहरू
आलिसान होलान्
नोकर चाकर होला
अजङ्गको सिंहदरबार होला
मेरो एउटा सानो सपना छ
आफ्नै देशमा बाच्न पाउ
आफ्नै देशमा
खान पाउ
पिउन पाउ
स्वयम्भूको डाडा माथी उभिएर
सिंहदरबार बगाउने गरि मुत्न पाउ
(लेखकः राजनीति कर्मी तथा सर्जक र चलचित्र निर्देशक पनि हुन्)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;