अग्नीमाया मेचेको संयोजकत्वमा झापामा पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

दमक, ८ असोज । पहिचानवादी मोर्चाले झापा जिल्ला समिति गठन गरेको छ । सोमबार झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरको सभाहलमा आयोजित कार्यक्रममा अग्नीमाया मेचेकाे संयाेजकत्वमा ४१ सदस्यीय समिति बिस्तार गरेको हो ।

समितिको सह-संयोजकहरुमा कालीबहादुर खेवाङ, निरकुमार राई र गंगा दुलाल चयन भएका छन् भने सदस्य सचिवमा प्रवेश थापा मगर रहेका छन् ।

 

यसैगरी सदस्यहरुमा पुष्पा बोखिम, चन्द्र मगर, जित बहादुर राई, सरिता किसान, चन्द्र साँवा, वर्त राजवंशी, गौरव लिम्बु, प्रेम साँवा, वविन आङदेम्बे, शान्ता लिम्बु, देउमान साम्रा, कविन्द्र सेर्मा, जीवन माखिम, मह मोहमद, सन्तोष कुमार नियोङ, लोकबहादुर माझी, रामप्रसाद राई, सन्तोष सावा लिम्बु, थिर बहादुर खवास, मनिस लिम्बु,पूर्णिमा सेर्मा, लक्ष्मण राई, विरकुमार लिम्बु, दिलेन्द माङथेवे लिम्बु, शुक्र राज थेवे, शान्त योङहाङ, अमृता इधिङगो, इन्द्रमाया लिम्बु, उमा योक्पाङदेन, बासुदेव सिंजाली, सुनिता तामाङ, मनिसा धिमाल, टेकबहादुर योङहाङ, रन्जीतमान राई र शरण लोवा रहेका छन् ।

यसैगरी सल्लाहकार समितिमा अविरमान मुखिया, पदम प्रसाद चेम्जोङ, हेमराज तुम्बापो, भरत श्रेष्ठ र रंगवीर राई रहेका छन् ।

कार्यक्रममा पहिचानवादी महिला मोर्चा जिल्ला समिति झापा पनि गठन भएको छ ।

समितिको संयोजकमा गंगा चाम्लिङ राई, सदस्य सचिवमा सरिता किसान रहेका छन् भने सदस्यहरुमा प्रमिला इङनाम, नरमाया राई, भिमा घिसिङ, सतना तामाङ, भिमा बेघा, बालकुमारी बेघा, गंगा कन्दङ्वा, आशा योङहाङ, विमला सोरेन लगायत ११ सदस्यीय रहेको छ ।

कार्यक्रममा संघीय समितिका सदस्यहरु डा. मित्र परियार, खगेन्द्र माखिम, खड्ग श्रेष्ठ, बाङगाई धिमाल, विराज आङदेम्बे, कुमार साम्यु, जेन्टल लावती, टुपेन्द्र एक्तेन, किशोर चम्द्र इङनाम, गंगा राई सेर्मा, शमीला आङदेम्बे, पुष्पा बोखिम, केदार धिमाल त्यसैगरी पहिचानवादी नेताहरु अशोक चेम्जोङ र दिलकुमार लावतीले समितिलाई धन्यवाद ज्ञापन गर्दै मन्तव्य राखेका थिए ।

 

 

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...