असाेज १५ मा चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, १२ असाेज । पान्थरका प्रतिभाशाली व्यक्तित्व सागर केरुङको लेखन तथा निर्देशनमा बनेको याक्थुङ कथामा आधारित  चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । मंगलबार असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग मुभिजमा चलचित्र ‘चे’ प्रदर्शन हुन लागेको हो ।

चलचित्र प्रदर्शनको लागि समाजसेवी सलमान थलङको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । यस्तै, अर्थ संयोजकमा चलचित्रकर्मी इन्द्र शेर्पा र सदस्यहरुमा मनु थक्लुङ, नितुरानी नेम्बाङ, पूर्ण सेलिङ, रत्ना लिङदेन लावती, इन्दू फोम्बो, बिमला इवारम, निशा तुम्वापो, कुमारी फियाक र जुनु माङलाक रहेका छन् ।

चलचित्रको मुख्य भूमिकामा विमला खजुम, सागर केरुङ, यासेली योङहाङ, निशम तुम्बापो रहेका छन् ।

यस्तै, भवेन्द्र थाम्सुङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, पदमकुमारी फियक, प्रतिमा, कर्णहाङ सुब्बा, प्रनृश थेबे, संगीत आङ्खेवा, अभिशेख केरुङ, राजु घिमिरे, यलम्बर खम्बु, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ र याम केरुङ लगायत कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रकाे ट्रेलर हेर्नुहाेस्

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...