शनिबार, १२ असोज, २०८१ रातीको ०८:५६ बजे,
लिम्बुवान न्युज
ललितपुर, १२ असाेज । पान्थरका प्रतिभाशाली व्यक्तित्व सागर केरुङको लेखन तथा निर्देशनमा बनेको याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । मंगलबार असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग मुभिजमा चलचित्र ‘चे’ प्रदर्शन हुन लागेको हो ।
चलचित्र प्रदर्शनको लागि समाजसेवी सलमान थलङको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । यस्तै, अर्थ संयोजकमा चलचित्रकर्मी इन्द्र शेर्पा र सदस्यहरुमा मनु थक्लुङ, नितुरानी नेम्बाङ, पूर्ण सेलिङ, रत्ना लिङदेन लावती, इन्दू फोम्बो, बिमला इवारम, निशा तुम्वापो, कुमारी फियाक र जुनु माङलाक रहेका छन् ।
चलचित्रको मुख्य भूमिकामा विमला खजुम, सागर केरुङ, यासेली योङहाङ, निशम तुम्बापो रहेका छन् ।
यस्तै, भवेन्द्र थाम्सुङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, पदमकुमारी फियक, प्रतिमा, कर्णहाङ सुब्बा, प्रनृश थेबे, संगीत आङ्खेवा, अभिशेख केरुङ, राजु घिमिरे, यलम्बर खम्बु, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ र याम केरुङ लगायत कलाकारहरूको समेत अभिनय रहेको छ ।
ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...
ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...
दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...
दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...