अविरल बर्षाले १७० को मृत्युुः ४३ जना अझै बेपत्ता

 लिम्बुवान न्युज
                       

ललितपुर, १३ असोज । शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा गएको पहिरोमा पुरिएर बस तथा हाइस सवार ३५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

अविरल परेको पानीका कारण बाढी तथा पहिरोमा परेर एक सय ११ जना घाइते भएका छन् । घाइतेहरुको सरकारले निःशुल्क उपचार भइरहेको जनाएको छ ।

करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको गृहमन्त्रायलले जनाएको छ । आइतबार मात्र काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यन्न लगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ । साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने सरकारले जनाएको छ ।

सरकारले सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध सडकहरुलाई तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको गृहमन्त्रालयले सूचना जारी गरेको जनाएको छ । साथै प्रदेश सरकार, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तह मार्फत बनेको समितिसमेत सबै निकायहरु खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको समेत जनाएको छ ।

 

सम्बन्धित समाचार

रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो...

लिम्बुवानखबरका सम्पादक चोङबाङ् बैबाहिक बन्धनमा बाँधिए

दमक, २९ फाल्गुन । झापाको दमकबाट विगत पाँच बर्षदेखि निरन्तर अपडेट रहेको लिम्बुवानखबर डटकम न्यूजपोर्टलका सम्पादक तेह्रथुम फेदापका विष्णुकुमार लिम्बु "सेसेहाङ" बैबाहिक वन्धनमा बाँधिएका छन् । विहीबार (आज)  दश लिम्बुवान सत्रथुमको रीतिथिति अनुसार तेह्रथुम जिल्ला...

आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ काे दमकमा विशेष प्रदर्शनी

दमक, २६ फाल्गुन । दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले संयुक्त रूपमा चलचित्रको प्रर्दशन गरेको हो । दमकस्थित...

माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् । बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले...