सुशिल लिम्बु मोरोहाङको अध्यक्षतामा लिम्बु पत्रकार संघ इलाम गठन

 लिम्बुवान न्युज
                       


दमक, १७ भदौं । लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति इलामको चौँथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । इलामस्थित नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा आयोजित अधिवेशनको बन्दसत्रबाट सुशिल मोराहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

उक्त अधिवेशनबाट समितिको उपाध्यक्षमा सेष्टि कुरुम्बाङ लिम्बु, सचिवमा सरोज जवेगु लिम्बु, सह–सचिवमा नविन फागो लिम्बु र कोषाध्यक्षमा ऐनकला नेम्बाङ लिम्बु चयन भएका छन् भने सदस्यहरुमा अनिता जवेगु, संगीता सम्बाहाम्फे, पुजा राई (लिम्बु) र अनुपहाङ लिम्बु निर्वाचित भएका छन् ।

साथै उक्त अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिहरुमा रेखा लिम्बु, भिमसेन लिम्बु र प्रकृति लिम्बु त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा सन्तोष नेम्बाङ र युवराज लिम्बु चयन भएको जिल्ला समिति इलामले जनाएको छ ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष बुद्धमाया साेङमी, सचिव राम याेङहाङ र लिम्बु पत्रकार संघका महासचिव जीवन याेङहाङकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...