किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ भदौ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले ललितपुर तिखेदेवलस्थित संघीय कार्यालयको सभाहलमा विविध सास्कृतिक कार्यक्रमगरी ३७औं स्थापना दिवस मनाइएको छ ।

कियाचु सस्थापक अध्यक्ष नन्द कन्दङ्वाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ लगायत विभिन्न जातीय सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रतिनिधिसभा, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनीति दलका प्रतिनिधिहरु, विभिन्न सघ संस्थाका प्रमुखहरुको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि कन्दङवाले याक्थुङ बाजा के (च्याब्रुङ) बजाएर गर्नु भयाेकाे थियाे । फक्ताङलुङ सांस्कृतिक मञ्चका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए भने केलाङ, याःलाङ लगायत सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

प्रमुख अतिथि संस्थापक कियाचु अध्यक्ष कन्दङ्वाले लिम्बु जातीहरुबिच एकता कायम गर्दै भाषा, लिपि, संस्कार, संस्कृति र परम्परालाई समेत एकरुपता दिनलाई चुम्लुङ आज भन्दा ३६ बर्ष अगाडि स्थापना गरिएको बताउनु भयो । चुम्लुङ् आदिवासी जनजातिहरुको छाता संगठनमा याक्थुङहरुको प्रतिनिधित्व गर्ने भएको हुँदा विभिन्न हल्लाहरुको पछि नलाग्न पनि वहाँले अनुरोध तथा आव्हान गर्नु भयो ।

कार्यक्रममा याक्थुङ युवा मञ्चका उपाध्यक्ष सुनिल आङबो लिम्बु, संयुक्त पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावती, प्रदेश नंं १ पुनः नामाकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, संसद एलपी साँवा लगायत वक्ताहरुले ३७औं स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कियाचू उपाध्यक्ष डा. कमल तिगेलाले स्वागत मन्तव्यसँगै चुम्लुङले हालसम्म गरेका गतिविधिहरु काठमाडौ युनिभर्सिटीमा डिप्लोमा तहमा लिम्बू भाषा पढाइ हुने बताउनु भयो त्यसैगरी लिम्बुवान क्षेत्रमा भएका लिम्बूहरुको माङ्गेन्ना यक संरक्षण गर्ने बारे, किरात सिरिजङ्गा लिपि विवादलाई अन्त्य गर्ने र सिरिजङ्गालाई राष्ट्रिय बिभुती घोषणा गर्न सरकारसँग माग लगायत कार्यहरु चुम्लुङले आगामी दिनमा गर्ने स्पष्ट पार्दै प्रतिवेदन पेश गर्नुभएको थियो ।

यस्तैगरी महासचिव निरन्ती तुम्बापोले प्रदेश १ को नाम कोशी खारेजी आन्दोलन, मुक्कुमलुङमा नो केवलकार आन्दोलन, प्रदेश नं. १ मा लिम्बु र मैथिली भाषालाई कामकाजी भाषा लगायतका कार्यक्रमहरुमा चुम्लुङ निरन्तर क्रियासिल रहेको स्पष्ट पार्दैं कार्यपत्र पेश गरेकी थिईन ।

कार्यक्रमको समापनमा बोल्दै चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले चुम्लुङ लिम्बुहरुको साझा संस्था हो । संचारमाध्यमहरुमा पछिल्लो समय विभिन्न हल्लाहरु भईरहेको छ त्यसको पछि नलाग्न सबैलाई अनुरोध गर्नुभयो ।

जिल्ला, पालिका र प्रवासहरुमा पनि चुम्लुङ स्थापना दिवस मनाइयो

किरात याक्थुङ चुम्लुङ जिल्ला समितिहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर, इलाम त्यसैगरी भरतपुर, पोखरा लगायत अन्य जिल्लाहरु, धरान, दमक, मेचीनगर, विराटनगर लगायत दर्जनौं पालिकाहरु र प्रवास समितिहरुले पनि स्थापना दिवस मनाएका छन् ।
स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु, पत्रकार, छात्रछात्राहरु, साहित्यकारहरु समेत सम्मानित र पुरस्कृति भएको वताइएको छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;