नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट तिनदिनसम्म हुने

,   लिम्बुवान न्युज
                       

ललितपुर, २० भदौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट शुरु भएको छ । ललितपुर जिल्लाको गोदावारीस्थित सनराईज हलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरको छन् ।

आजदेखि तीन दिनसम्म आयोजना गरिएको महाधिवेशन आइतबारसम्म चल्नेछ । उद्घाट्न समारोहमा अध्यक्ष ओलीले सम्वोधनपछि प्रस्ताव र प्रतिवेदन पेस गर्नेछन् ।

एमालेले २०७८ सालदेखि नीति र नेतृत्व महाधिवेशन अलगअलग गर्ने अभ्यास सुरू गरेको हो । यो विधान महाधिवेशनले आगामी ११औं महाधिवेशनका लागि नीति र विधानको तर्जुमा वताईएको छ ।

शुक्रबार बिहान ११ बजे विधान महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र आरम्भ हुने स्रोतले जनाएको छ । आज पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् बताइएको छ ।

त्यस्तै केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभक्त गरेर दस्तावेजमाथि छलफल गराइनेछ । आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत बताइएको छ ।

नेतृत्वले त्यसमाथि जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरू हुनेछ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्ने एमालेमा परम्परा छ । आगामी महाधिवेशनको नेतृत्व चयन त्यसैले गर्नेछ ।

निर्वाचन आयोगका पदाधिकारी र सदस्य निर्वाचित गरेपछि समसामयिक प्रस्तावसहित विधान महाधिवेशन सकिनेछ । यो विधान महाधिवेशनमा कुल २३४१ सहभागी छन् । जसमध्ये २०२६ जना प्रतिनिधि रहेका छन् भने ३१५ जना आयोजकको हैसियतमा सहभागी भएको एमाले प्रचारविभागले जनाएको छ ।

विधान महाधिवेशनलाई एमालेले उच्च प्रविधियुक्त बनाएको तथा प्रतिनिधिहरूलाई डिजिटल कार्डको प्रबन्ध गरिएको वताइएकोछ ।
काठमाडौंको ठाउँठाउँमा, मुख्य सडकहरु र गोदावरी पुग्ने मुख्य सडकहरुमा स्वागतद्वार निर्माण गरिएको छ । त्यसैगरी प्रतिनिधिहरूलाई यसपटक आवासको सुविधा आफै गुर्नपर्ने स्रोतले जनाएको छ । यद्यपी आयोजकले महाधिवेशनस्थलसम्म पुग्नका लागि सवारी साधनको प्रबन्ध भने गरिएको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;