चुम्लुङले लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रति सधै असहमति जारी राख्ने

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ असोज । किरात याक्थुङ चुम्लुङले लिम्बुवान सुनिश्चितताबिनाको संविधानप्रति सधै असहमति रहने बताएको छ । चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले आज एक विज्ञप्ति जारी गर्दै असहमति रहेको बताएका हुन् ।

विज्ञप्तिमा गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सहादत प्रप्त गर्नुभएका महान् सहिदहरू प्रति श्रद्धाञ्जी अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको उल्लेख छ ।

ऐतिहासिक पृष्ठिभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य सुनिश्चितता अपरिहार्य हुँदाहुँदै पनि यसलाई लत्याउँदै षडयन्त्रमूलक तरिकाले जबरजस्ती जारी गरिएको नेपालको संविधान २०७२ प्रति हाम्रो असहमाति जारी अध्यक्ष यक्तेनले उल्लेख गरेका छन् ।

संविधान जारी भएको एक दश भएको छ तर सोहि दिनदेखि आम याक्थुङ÷लिम्बुहरूको लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रतिको असमति जारी रहेको बताएका छन् ।

विज्ञप्तिमा प्रदेश नं. १ को नाम एकलजातीय राज्यले षडयन्त्रकारी, अलोकतान्त्रिक प्रक्रियाबाट गोत्रीय कोशी नाम राखिएकोमा सो नाम खारेज गरेर लिम्बुवान, किरात वा यो नाम सहित पहिचानको आधारमा पुनः नामाकरणको माग राख्दै शसक्त आन्दोलन गरेको र गरिरहने बताइएको छ ।

जेनजी आन्दोलनले भ्रष्टचार, सामाजिक सञ्जाल बन्द विरुद्ध र शुसासनका कायम गरियोस् भन्ने आन्दोलनबाट भ्रष्टचारका नाइकेहरुलाई सत्ताच्यूत गर्न सफल भएको साथै आन्दोलनका क्रममा राज्यको संरचना ध्वस्त भएको र निजी सम्पत्तिमा समेत क्षति पुगेको प्रति कियाचूले दुःख व्यक्त गरेको छ ।

पहिचानको आधारमा राज्यको पुनः संरचना निर्माण गर्दै संविधानका विभेदकारी प्रावधानहरु खारेज गरी संविधानको पुनःलेखन मार्फत संशोधन नभएसम्म कियाचू निरन्तर आफ्नो असहमति जारी राख्दै आन्दोलित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...