अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलनले जारी गर्याे आठ बुँदे घोषणापत्र

 लिम्बुवान न्युज
                       

ललितपुर, ५ असाेज । अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन आठ बुँदे अन्तरधार्मिक काठमाडौ घोषणापत्र-२०८२ जारी गर्दै समापन भएको छ । आईतबार काठमाडाैंस्थित रिपाेर्टसक्लबकाे सभाहलमा  मुल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सो कुराको जानाकारी दिएकाे हाे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । नेपालको संविधानले सम्बोधन गरेको धर्मनिरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको पक्षमा हामी ढृढ छौ ।

जेन–जी आन्दोलनपछि सरकार गठन हुने क्रममा अन्तरधार्मिक समुदायका धर्मगुरु प्रतिनिधि र बिज्ञहरुको संयुक्त पहलमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षता कार्यान्वयनका लागि संविधानमा स्थापित मूल्य मान्यताको रक्षा तथा संविधान र ऐन कानुनका त्रुटीपूर्ण प्रावधानहरु संशोधनार्थ सम्पन्न अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ बाट गहन विचार–विमर्श पछि अन्तर धार्मिक काठमाण्डौ ८ बुँदे घोषणापत्र २०८२ सर्वसम्मतिले सार्वजनिक गरेका छौ ।

अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन आठ बुँदे घाेषणापत्र 

१. नेपाल बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक , बहुसांस्कृतिक राष्ट्र भएकाले सबै धर्मलाई समान सम्मान र पूर्ण धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छ। त्यसका लागि संविधान, ऐन, नियम तथा नीतिहरुमा रहेका धर्मसम्बन्धी विभेदकारी प्रावधानहरु संशोधन गरी सबै प्रकारका विभेदको अन्त्य हुनुपर्छ।

२. संविधानको धारा ४ मा लेखिएको धर्मनिरपेक्षताको स्पष्टीकरण (यस धाराको प्रयोजनका लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ) वाक्य हटाउनुपर्छ।

३. अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको संविधानको धारा २६, को उपधारा ३ मा भएको “धर्म परिवर्तन गराउन नहुने वाक्यांशलगायत धर्मसँग सम्बन्धित सम्पूर्ण ऐन कानुनहरु संशोधन हुनुपर्छ।

४. राष्ट्रिय चिन्ह र प्रतीकहरुको प्रयोगमा सबै धार्मिक आस्थाको प्रतिनिधित्व गराउँदै राष्ट्रिय जनावरको रुपमा ‘गाई’ को सहा ‘एकसिङ्गे गैडा’ राख्नुपर्छ।

५ नीतिगत तथा संस्थागत तहमा सबै धार्मिक समुदायहरुको समान सहभागिता सुनिश्चित गरिनुपर्छ।

६. सबै धर्मको दर्शन र इतिहासलाई समेटेर प्रत्येक धर्मका आ–आफ्नै विश्वविद्यालयको स्थापना गरिनुपर्छ।

७ सकारात्मक विभेदको सिद्धान्तका आधारमा पछाडि पारिएका अल्पसंख्यक धार्मिक समुदायहरुलाई विकासको मूलधारमा समाहित गरिनुपर्छ।

८.केन्द्रीय तथ्यांक विभागले धर्म, भाषा, जातिसम्बन्धी तथ्यांक लिँदा स्थानीय सरकार (गाउँपालिका, नगरपालिका उप/महानगरपालिका) ले प्रमाणित गर्ने व्यवस्था मिलाउनुपर्छ।

यस अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ ले ठहर गरेका विषयहरू घोषणापत्र मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकार समुदायसमेतलाई जानकारी गराउँदै नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्रात्मक नमूना राष्ट्र बनाउन राज्यका सबै अङ्ग, तह र निकाय, राजनीतिक दल र नेपाल सरकार समक्ष अनुराेध गरेकाे छ । यसका निम्ति विधिको शासन, मानव अधिकार, मौलिक अधिकार र सुशासनको पक्षमा कटिबद्ध रहेकाे उल्लेख गरेकाे छ ।

यसरी घोषणापत्रमा पं रामचन्द्र भण्डारी(हिन्दु), लोप्साङ तामाङ (बौद्ध), मौलाना नजरुल हुसैन ईस्लाम, अधिवत्ता नबिन लिङ्देन किरात, रेभेरेण्ड सूर्यबहादुर बल तामाङ (खीष्टियन ), थर्कबहादुर बस्नेत (मष्टो ), गुरु बखस सिंह ( शिख), दिनदया रिजाल (बहाई ), नेपोलियन राई (कवीर ), फादर शिलास बोगटी (क्याथोलिक ) का साथै मूल आयोजक समितिका पदाधिकारीहरू डकेन्द्रसिंह थेगिम (प्रमुख संयोजक), मोहम्मद युनुस अहमर हाश्मी (सदस्य–सचिव ), पाष्टर तेजबहादुर रोक्का (कोषाध्यक्ष), दङ्गध्वोज खोयाहाङ (व्यवस्थापन संयोजक ), बि .पी. खनाल (विज्ञ समूह संयोजक ), माननीय विश्वेन्द्र पासवान (संरक्षक) देवकुमार बुद्धिष्ट (मुख्य सल्लाहकार ) र पाष्टर भवबहादुर घले (सल्लाहकार ) ले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;