आठाैं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ, ७ असोज ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप असाेज २६ गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुने भएको छ ।
मंगलबार आयाेजक एल एक्स सिटि फुटबल क्लबले खेलमैदानमा आयाेजना गरेकाे पत्रकार सम्मेलन साे बारे जानकारी दिएकाे हाे ।
स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहने आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, र भारतकाे लिजेण्ड फुटबल एकेडेमी रहने आयोजक समितिले जनाएको छ ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन र टुबाेर्ग प्रायाेजक रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पुरस्कार रहेकाे क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयाे ।
त्यस्तै सर्वउत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोल्ड किपरले ११ हजार रुपैयाँ, उत्कृष्ट कोचले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ, उदयीमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याच खेलाडिलाई ७ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयाेेजकले जनाएकाे छ ।
खेल सम्पन्न गर्न ६३ लाख ७८ हजार रुपैया लाग्ने अनुमान गरिएकाे छ भने आम्दानि ७२ लाख १ हजार संकलन गर्ने लक्ष्य राखिएकाे आर्थिक समिति संयाेजक शिवकुमार राईले जानकारी दिनुभयाे । एल. एक्स. सिटि फुटबल क्लबका अध्यक्ष बिक्रम राईकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, फुटबल अभियन्ता तथा पुर्व राष्ट्रिय खेलाडी दिलिप राई, माेरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिव बुढाथाेकि लगायत क्लबका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पाेपिराज राई र ज्याेतिराज राईले आफ्नाे स्वर्गीय बुबा मेजर एन.बी. राईकाे स्मृतिमा रनिङ गाेल्डकपकाे साैजन्य गर्नु भएकाे हाे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...