एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

 लिम्बुवान न्युज
                       

 

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि सन् २०२३ को प्रिमियर कप फाइनलमा पनि यूएईलाई नै हराएर उपाधि जितेको थियो।

आसिफको शतक र विशाल योगफल

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको मजबुत योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो उनको ओडीआई करियरको दोस्रो शतक हो।

नेपाललाई बलियो स्थितिमा पुर्याउन आसिफले पहिलो विकेटका लागि अर्जुन कुमाल (४३ रन) सँग ९७ रन, दोस्रो विकेटका लागि इशान पान्डेसँग ३६ रन र तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल (४० रन) सँग ६८ रनको महत्वपूर्ण साझेदारी गरे। त्यस्तै, गुल्शन झाले विष्फोटक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रनको योगदान दिए।

बलिङतर्फ यूएईका इबरार अहमदले ४ विकेट तथा खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले १-१ विकेट हात पारे।

२६९ रनमा समेटियो यूएई

३१४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रन बनाउँदा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसैगरी तनिश सुरीले ४२ रन र कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।

नेपालका तर्फबाट कसिलो बलिङ गर्दै करण केसीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट बाँडे।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

;