एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

,   लिम्बुवान न्युज
                       

 

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि सन् २०२३ को प्रिमियर कप फाइनलमा पनि यूएईलाई नै हराएर उपाधि जितेको थियो।

आसिफको शतक र विशाल योगफल

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको मजबुत योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो उनको ओडीआई करियरको दोस्रो शतक हो।

नेपाललाई बलियो स्थितिमा पुर्याउन आसिफले पहिलो विकेटका लागि अर्जुन कुमाल (४३ रन) सँग ९७ रन, दोस्रो विकेटका लागि इशान पान्डेसँग ३६ रन र तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल (४० रन) सँग ६८ रनको महत्वपूर्ण साझेदारी गरे। त्यस्तै, गुल्शन झाले विष्फोटक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रनको योगदान दिए।

बलिङतर्फ यूएईका इबरार अहमदले ४ विकेट तथा खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले १-१ विकेट हात पारे।

२६९ रनमा समेटियो यूएई

३१४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रन बनाउँदा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसैगरी तनिश सुरीले ४२ रन र कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।

नेपालका तर्फबाट कसिलो बलिङ गर्दै करण केसीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट बाँडे।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;