याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

 लिम्बुवान न्युज
                       

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ।

चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा पहिचान सुदृढीकरण गर्ने उद्देश्यका साथ सदस्यता आवेदन खुला गरिएको संस्थाका अध्यक्ष सागर केरूङले जनाएका छन्। संस्थाको विधान तथा निर्धारित मापदण्ड पूरा गर्ने सम्पूर्ण योग्य याक्थुङ चलचित्रकर्मीहरूलाई सदस्यता ग्रहण गरी अभियानमा आबद्ध हुन आह्वान गरिएको उनले बताए ।

को हुन् चलचित्रकर्मी?

संस्थाका अनुसार याक्थुङ/लिम्बू मातृभाषी चलचित्र, लघुचलचित्र (सर्ट फिल्म), वृत्तचित्र (डकुमेन्ट्री), गीति चलचित्र तथा संगीत श्रव्यदृश्य (म्युजिक भिडियो) निर्माणमा आबद्ध लेखक, निर्देशक, निर्माता, कलाकार, छायाङ्कनकर्ता, गायक, गीतकार, संगीतकार, शृंगारकर्मी, पार्श्वसंगीतकर्मी र प्राविधिक लगायतका व्यक्तिहरूले सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

सदस्यहरूका लागि विशेष सुविधा

संस्थामा आबद्ध हुने सदस्यहरूका लागि विशेष संस्थागत सहजीकरणको व्यवस्था समेत गरिएको छ: आदिवासी जनजाति चलचित्र महासंघको सदस्यता आवेदन शुल्कको निर्धारित केही प्रतिशत रकम संस्थाले व्यहोर्नेछ। त्यसैगरी मापदण्ड पूरा गर्ने कलाकारहरूको नेपाल चलचित्र कलाकार संघको सदस्यता आवेदन शुल्कको निर्धारित केही प्रतिशत रकम संस्थाले व्यहोर्नेछ।

सम्पर्क तथा आवेदन

सदस्यता लिन इच्छुक चलचित्रकर्मीहरूले संस्थाको वेबसाइट www.yakthungfilm.org.np वा इमेल yakthungfilmmaker@gmail.com मार्फत सम्पर्क गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि ९८०८२९८८६७, ९८४२२५५७८१, ९८४१५८२७१८ र ९८४२६६४९५० मा सम्पर्क गर्न सकिनेछ।

सम्बन्धित समाचार

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

;