याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

,   लिम्बुवान न्युज
                       

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ।

चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा पहिचान सुदृढीकरण गर्ने उद्देश्यका साथ सदस्यता आवेदन खुला गरिएको संस्थाका अध्यक्ष सागर केरूङले जनाएका छन्। संस्थाको विधान तथा निर्धारित मापदण्ड पूरा गर्ने सम्पूर्ण योग्य याक्थुङ चलचित्रकर्मीहरूलाई सदस्यता ग्रहण गरी अभियानमा आबद्ध हुन आह्वान गरिएको उनले बताए ।

को हुन् चलचित्रकर्मी?

संस्थाका अनुसार याक्थुङ/लिम्बू मातृभाषी चलचित्र, लघुचलचित्र (सर्ट फिल्म), वृत्तचित्र (डकुमेन्ट्री), गीति चलचित्र तथा संगीत श्रव्यदृश्य (म्युजिक भिडियो) निर्माणमा आबद्ध लेखक, निर्देशक, निर्माता, कलाकार, छायाङ्कनकर्ता, गायक, गीतकार, संगीतकार, शृंगारकर्मी, पार्श्वसंगीतकर्मी र प्राविधिक लगायतका व्यक्तिहरूले सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

सदस्यहरूका लागि विशेष सुविधा

संस्थामा आबद्ध हुने सदस्यहरूका लागि विशेष संस्थागत सहजीकरणको व्यवस्था समेत गरिएको छ: आदिवासी जनजाति चलचित्र महासंघको सदस्यता आवेदन शुल्कको निर्धारित केही प्रतिशत रकम संस्थाले व्यहोर्नेछ। त्यसैगरी मापदण्ड पूरा गर्ने कलाकारहरूको नेपाल चलचित्र कलाकार संघको सदस्यता आवेदन शुल्कको निर्धारित केही प्रतिशत रकम संस्थाले व्यहोर्नेछ।

सम्पर्क तथा आवेदन

सदस्यता लिन इच्छुक चलचित्रकर्मीहरूले संस्थाको वेबसाइट www.yakthungfilm.org.np वा इमेल yakthungfilmmaker@gmail.com मार्फत सम्पर्क गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि ९८०८२९८८६७, ९८४२२५५७८१, ९८४१५८२७१८ र ९८४२६६४९५० मा सम्पर्क गर्न सकिनेछ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;