दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ…’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको हो।
कार्यक्रममा मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष ववि राई प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको संयोजन तथा सहजीकरण भिडियोका निर्देशक एवम् छायाँकार भुपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको थियो।
संयोजक तथा निर्देशक तुम्बाहाम्फेका अनुसार यो गीतमा निलम आङबुहाङ राईको शब्द रचना, सुरेश अधिकारीको संगीत र आबुल कार्कीको संगीत संयोजन (एरेन्ज) रहेको छ। गायिका सञ्जीवनीको सुमधुर स्वरले गीतलाई अझ जीवन्त बनाएको छ।
सार्वजनिक भिडियोको कथा, छायांकन तथा निर्देशन स्वयं भुपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको छ। भिडियोमा निर्भिक राई, दिव्या लावती लिम्बू, जीवन बराल, मनि कुलुङ, कुमेरचिनिकलेस, दायो मोहम्मद अलि, दावा लामा, दिनेश माङ्मु तथा बाल कलाकार सम्याङ योङहाङको अभिनय देख्न सकिन्छ।
त्यसैगरी, भिडियोको सम्पादन अनिल रानाले गर्नुभएको छ भने द्वन्द्व निर्देशन राज गोले र टिमले सम्हालेका छन्। कला निर्देशन मनि कुलुङ, मेकअप अशोक मण्डल र सम्शेर तामाङ, तथा सहायक छायांकन देवराज सिग्देलको रहेको छ। भिडियो निर्माणमा दिवस नेम्बाङ, खगेन्द्र वाजी लिम्बू र सुभम चाम्लिङले सहायक उत्पादन (असिस्टेन्ट प्रोडक्सन) को जिम्मेवारी सम्हालेका छन्।
स्थानीय जनप्रतिनिधि, संगीतप्रेमी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा वक्ताहरूले गीत तथा भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...
दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...