दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ…’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको हो।
कार्यक्रममा मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष ववि राई प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको संयोजन तथा सहजीकरण भिडियोका निर्देशक एवम् छायाँकार भुपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको थियो।
संयोजक तथा निर्देशक तुम्बाहाम्फेका अनुसार यो गीतमा निलम आङबुहाङ राईको शब्द रचना, सुरेश अधिकारीको संगीत र आबुल कार्कीको संगीत संयोजन (एरेन्ज) रहेको छ। गायिका सञ्जीवनीको सुमधुर स्वरले गीतलाई अझ जीवन्त बनाएको छ।
सार्वजनिक भिडियोको कथा, छायांकन तथा निर्देशन स्वयं भुपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको छ। भिडियोमा निर्भिक राई, दिव्या लावती लिम्बू, जीवन बराल, मनि कुलुङ, कुमेरचिनिकलेस, दायो मोहम्मद अलि, दावा लामा, दिनेश माङ्मु तथा बाल कलाकार सम्याङ योङहाङको अभिनय देख्न सकिन्छ।
त्यसैगरी, भिडियोको सम्पादन अनिल रानाले गर्नुभएको छ भने द्वन्द्व निर्देशन राज गोले र टिमले सम्हालेका छन्। कला निर्देशन मनि कुलुङ, मेकअप अशोक मण्डल र सम्शेर तामाङ, तथा सहायक छायांकन देवराज सिग्देलको रहेको छ। भिडियो निर्माणमा दिवस नेम्बाङ, खगेन्द्र वाजी लिम्बू र सुभम चाम्लिङले सहायक उत्पादन (असिस्टेन्ट प्रोडक्सन) को जिम्मेवारी सम्हालेका छन्।
स्थानीय जनप्रतिनिधि, संगीतप्रेमी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा वक्ताहरूले गीत तथा भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...