काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार, प्रमुख स्वकीय सचिव, निजी सचिव तथा फोटोग्राफर लगायतका अधिकारीहरू संलग्न छन्।
प्रधानमन्त्रीले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन्। नेपालको तर्फबाट सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, प्रमुख सल्लाहकार तथा परराष्ट्र सचिवसहितको सहभागिता रहनेछ।
यसअघि नै परराष्ट्रमन्त्री परराष्ट्र सचिवसहितको टोलीको नेतृत्व गर्दै आइतबार अमेरिका प्रस्थान गरिसकेका छन्। उनी हाल न्युयोर्कमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक भेटघाटमा व्यस्त रहेका छन्।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री यही असोज १० गते स्वदेश फर्कने कार्यतालिका छ।