कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

,   लिम्बुवान न्युज
                       

 

दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा भएको हो।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले असोज ९ गते एक संक्षिप्त कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन गरेका छन्। अघिल्लो जनप्रतिनिधिको कार्यकाल (२०७४–२०७९) मा भवन निर्माण हुन नसकेपछि अध्यक्ष राईले साविक तोपगाछी गाविसको केन्द्रमै प्रशासनिक भवन बनाउने चुनावी प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार सर्वदलीय तथा सर्वपक्षीय सहमति जुटाएर भवन निर्माण अघि बढाइएको थियो।

भवन उद्घाटन गर्दै अध्यक्ष राईले नयाँ संरचना केवल कार्यालय सञ्चालनका लागि मात्र नभई नागरिकलाई छिटो, छरितो, पारदर्शी र सहज सेवा प्रवाह गर्ने मुख्य आधार भएको बताए। उनले भवन निर्माण हुनु आफैँमा उपलब्धि भए पनि यसको वास्तविक औचित्य नागरिकले पाउने सेवाको गुणस्तरमा देखिनुपर्नेमा जोड दिए।

२६ कोठा र चार तलाको आधुनिक भवन

इन्जिनियर सागर यादवका अनुसार निर्धारित प्राविधिक मापदण्डअनुसार निर्मित चार तले भवनमा कुल २६ वटा कोठाहरू रहेका छन्। जसअन्तर्गत भुइँ, पहिलो र दोस्रो तलामा ८–८ वटा कोठा र माथिल्लो तलामा सभाहलसहित २ वटा कोठा रहेका छन्।

प्रशासनिक भवन निर्माणका लागि रु. ९ करोड ३८ लाख ७४ हजारको लागत अनुमान गरिएकोमा धनकुटाको ‘सारा सृष्टि निर्माण सेवा प्रालि’सँग रु. ६ करोड १ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको थियो। सो रकममा सङ्घीय सरकारको ६० प्रतिशत र कमल गाउँपालिकाको ४० प्रतिशत लागत सहभागिता रहेको छ। हालसम्म भवन निर्माणमा रु. ५ करोड ५० लाख ६८ हजार भुक्तानी भइसकेको पालिकाले जनाएको छ।

एउटै छानामुनिबाट सहज सेवा

नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न शाखा र सेवाहरू एउटै केन्द्रबाट प्रवाह हुनेछन्, जसले गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै कार्यसम्पादन थप व्यवस्थित हुने प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा नं. २ का अध्यक्ष अशोक सुब्बा, रास्वपाका नेता केदार चापागाइँ, र पूर्वउपाध्यक्ष वेनु शिवाकोटी लगायतले मन्तव्य राख्दै नयाँ भवनले गाउँपालिकाको शान बढाएको र पुराना समस्याहरू हल भएको बताए।

तीन मुख्य प्रतिबद्धता पूरा

प्रशासनिक भवन निर्माण सम्पन्न हुनु, तोपगाछीस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमल नगर अस्पताल सञ्चालनमा ल्याउनु र गाउँपालिकालाई बालमैत्री घोषणा गर्नुलाई अध्यक्ष राईले पदभार ग्रहण गर्दा लिएका तीन मुख्य प्रमुख प्रतिबद्धता पूरा भएको रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;