दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

,   लिम्बुवान न्युज
                       

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण गरिरहेको छ।

उक्त नयाँ पूर्वाधार निर्माण सम्पन्न भएसँगै आउँदा केही महिनाभित्रै ती सेवाहरू सञ्चालनमा आउनेछन्।

दमक नगरपालिकाका प्रमुख तथा अस्पतालका अध्यक्ष राम थापाका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यले पूर्वाधार विस्तारको काम तीव्र पारिएको हो।

निर्माण भइरहेको नयाँ तलामा बिरामीका कुरुवाहरूका लागि आरामदायी र सामान सुरक्षित राख्न सकिने सुविधासम्पन्न विश्राम कक्षसमेत तयार पारिँदै छ। यसैगरी, सोही तलामा अस्पतालको आफ्नै व्यवस्थित फार्मेसी सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख थापाले जानकारी दिए।

स्थानीयस्तरमै डायलासिस र सिटी स्क्यानजस्ता जटिल तथा अत्यावश्यक सेवा उपलब्ध हुने भएपछि दमक र आसपासका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

;