दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

,   लिम्बुवान न्युज
                       

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण गरिरहेको छ।

उक्त नयाँ पूर्वाधार निर्माण सम्पन्न भएसँगै आउँदा केही महिनाभित्रै ती सेवाहरू सञ्चालनमा आउनेछन्।

दमक नगरपालिकाका प्रमुख तथा अस्पतालका अध्यक्ष राम थापाका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यले पूर्वाधार विस्तारको काम तीव्र पारिएको हो।

निर्माण भइरहेको नयाँ तलामा बिरामीका कुरुवाहरूका लागि आरामदायी र सामान सुरक्षित राख्न सकिने सुविधासम्पन्न विश्राम कक्षसमेत तयार पारिँदै छ। यसैगरी, सोही तलामा अस्पतालको आफ्नै व्यवस्थित फार्मेसी सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख थापाले जानकारी दिए।

स्थानीयस्तरमै डायलासिस र सिटी स्क्यानजस्ता जटिल तथा अत्यावश्यक सेवा उपलब्ध हुने भएपछि दमक र आसपासका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;