ताप्लेजुङकाे टोलटोलमा लिम्बुवान मञ्च संगठित

,   लिम्बुवान न्युज
                       

ताप्लीजोङ। मञ्च अन्तर्गतको संघीय लिम्बवान मञ्च, नेपाल ताप्लीजोङ जिल्ला कार्य समितिको घरदैलो कार्यक्रम संगै टोलटोलमा लिम्बुवान संगठित हुँदै गएको जानकारी प्राप्त भएको छ ।

बुधबार साँझ आठराई–त्रिवेणी गाउँपालिका ३ साविक हाङपाङ ९ मावाथोकमा मञ्चका उपाध्यक्ष विष्णु तुम्बाहाम्फे, केन्द्रीय सचिवलाय सदस्यद्वय मुक्साव लावुङ र नविन पोमू, जिल्ला सचिव अशोक मादेन जिल्लाका युवा नेताहरु मिलन यक्सो, विनय आङ्बुहाङ्, ज्ञानेन्द्र यक्सो, शेरहाङ माबोहाङ् लगायतका नेताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त घरदैलो कार्यक्रमको अवसर पारेर लिम्बुवान मञ्चले सञ्जय लिम्बुको अध्यक्षतामा ११ सदस्यीय मावाथोक टोल समिति गठन गरेको छ ।

मावाथोक टोल समितिको उपाध्यक्षहरुमा छत्र लिम्बु, सुनिता लिम्बु, सचिव प्रेमबहादुर रसाइली, सहसचिव कुशल लिम्बु, अर्थसचिव रनबहादुर राना मगर, सदस्यहरुमा ज्ञानबहादुर हाङबाङ, टिका बि.क., बुद्धिबहादुर बि.क., प्रदिप बि.क.र मान बहादुर बि.क. रहेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;