सरकार पूरै असफल भयो : महेन्द्रकुमारी लिम्बू संघीय संसद

 लिम्बुवान न्युज
                       

महेन्द्रकुमारी लिम्बू सङ्घीय संसदकी सदस्य (सांसद) एवम् नेपाली काङ्ग्रेस नेतृ हुन् । सांसद तथा पार्टीकी महासमिति सदस्य समेतरहेकी उनी मुलुकको संकट समाधानमा सरकार असफल भएको जिकीर गर्छिन् । संसदमा समसामयिक विषयमा आफ्नो अभिव्यक्ति राख्न पछि नपर्ने स्वभाव भएकी उनले संकट समाधानमा सवै राजनीतिक दललाई साथ लिएर अघि नबढे सम्म सरकारले दिशा नसमात्ने विचार राख्छिन् ।
प्रस्तुत छ ,दमक ८ निवासी सांसद लिम्बुसंग यिनै सेरोफेरोमा  सहकर्मी श्यामकृष्ण लम्सालले गरेको कुराकानी :

– मुलुकको वर्तमान अवस्थालाई कसरी हेर्नु भएको छ ?
मुलुक यतिबेला सङ्कटको अवस्था छ । कोरोना भाइरसको महामारीसंगै मुलुक जटिल मोडमा छ ।
–कस्तो जटिल अवस्था ? समाधान कसरी होला त ?
सरकार सञ्चालनका लागि जनादेश पाएको नेकपाको सरकार पूर्णरुपमा असफल भईसकेको छ । देशमा शुसासन दिन तथा समृद्धि दिने नारा यो सरकारले पूरा गर्लान भन्ने आधार समेत गुमाउदै गएको छ । कोरोना नियन्त्रणका नाममा भएको भ्रष्टचार वढेको छ । सरकारले सबै पार्टी समेटेर समाधान गर्नुपर्नेमा त्यो हुन सकेको छैन् ।
– प्रमुख प्रतिपक्षको भूमिका सशक्त भएन भनिन्छ नि ?
सरकारका गलत क्रियाकलापको सशक्त विरोध ग¥यौँ । सरकारले सदन नै स्थगित ग¥यो । यो कार्य नेपालको संसदीय इतिहास र परम्परा विपरीत कार्य हो ।
–सर्वोच्च अदालतले गरेको पूर्व डिआइजी रञ्जन कोइराला पक्षको फैसलालाई कसरी हेर्नु भएको छ ?
सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने जुन विश्वास थियो, त्यो गुमेको अनुभव गरेको छु । यस फैसलालाई फुलबेन्च (पूर्ण इजलास)ले सुर्धाछ भन्ने आशा जनताले गरेको अवस्था छ ।
– नेपाली काङ्ग्रेस के गर्दैछ ?
नेपाली काङ्ग्रेस आफ्नो महाधिवेशनको तयारीमा लागेको अवस्थामा छ । साथै जनताका पिर मर्का, कोरोना भाइरस विरुद्धको अभियान, जनतालाई राहत पु¥याउने काममा पनि काङ्ग्रेस सक्रिय छ । नेपाली काङ्ग्रेसले जनहित र जनजीविकाको सवालमा सरकारलाई सचेत बनाउँदै घच्घच्याइरहेको छ । यही सन्दर्भमा हाम्रो पार्टी सभापतिले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरेर पनि जनहितका काममा लाग्न आग्रह गरिरहनु भएको छ । तर सरकारले जनताको हित हुने कार्य गर्न सकेको छैन ।
– नेपाली काङ्ग्रेस गुट–उपगुटको दलदलमा फस्यो भनिन्छ नि ?
लामो प्रजातान्त्रिक इतिहास बोकेको लोकतान्त्रिक पार्टीमा बहस, छलफल हुनु स्वाभाविकै हो । विभिन्न राय परामर्श मतमतान्तर हुन्छन् । आगो पनि नठोसी बल्दैन । नेपाली जनताको भाग्य र भविष्य उज्ज्वल बनाउने पार्टी नेपाली काङ्ग्रेस नै हो । बीपीको प्रजातान्त्रिक समाजवाद अनुरुप काङ्ग्रेस अगाडि बढिरहने नै छ ।
–झापामा काङ्ग्रेसको अवस्था कस्तो छ ?
झापामा काङ्ग्रेस विगतभन्दा दिन प्रतिदिन सुध्रिँदै गएको अवस्थामा छ ।
–विकास निर्माणका काममा कत्तिको लाग्नु भएको छ ?
समानुपातिक सांसदलाई दिँदै आएको सांसद विकास कोषको रकम सबै काटिएको छ तथापि म व्यक्तिगत प्रयासबाट दमक, कमल, गौरादह, गौरीगञ्जमा सहयोग गरिरहेको छु । जनताको सेवामा समर्पित भइरहेकै छु । कोरोना भाइरस महामारीबाट बचाउन पनि म लागि परिरहेकै छु । व्यक्तिगत रुपमा सक्दो प्रयास गरिरहेकै छु ।
–भर्खरै वीपी स्मृति दिवस गयो, बीपीलाई कसरी सम्झनु हुन्छ ?
बीपीलाई नेपालको एक मात्र युगपुरुष ठान्दछु । उहाँकै आह्वानको २००७ सालको क्रान्तिमा मेरी मावली हजुरआमा जगु राई, पिता मुगाधन राईहरु लडेर प्रजातन्त्र ल्याएको इतिहास सम्झिँदा गर्वबोध हुन्छ । म वीपीलाई आफ्नो पितातुल्य ठान्दछु ।
–अन्तमा आफूलाई भन्न मन लागेको कुरा केही छ कि ?
अहिले विश्व कोरोना भाइरसको महामारीबाट त्रस्त छ । सरकारले गर्नुपर्ने काम प्रभावकारी ढङ्गले गर्न सकेको छैन । सरकार भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फँसिरहेको छ । यसबाट मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको छ । यो कुराबाट सरकार मुक्त हुन सक्नुपर्छ । अर्को कुरा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू सबैको अभिभावक बन्न सक्नु भएन । उहाँ राष्ट्रको अभिभावक बन्न सक्नुपर्छ । यो हाम्रो आग्रह हो । अनुरोध पनि हो । राष्ट्रपतिको गरिमा बचाउन र त्यो संस्थाप्रति सबैको आस्था बचाउन पनि राष्ट्रपति निष्पक्ष र सबैको साझा सम्मानित संस्था हुनैपर्छ । राष्ट्रपति कम्युनिष्ट धङ्धङीबाट मुक्त हुनैपर्छ । उहाँ महिला भएर पनि महिला हितका लागि बोल्नु हुन्न । महिला माथि अन्याय अत्याचार हुँदा पनि उहाँ मौन बस्ने गर्नु भएको छ । जुन दुःखको कुरा हो । उहाँलाई म सबैको साझा र सम्मानित बन्न अनुरोध पनि गर्दछु ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...