सरकार पूरै असफल भयो : महेन्द्रकुमारी लिम्बू संघीय संसद

,   लिम्बुवान न्युज
                       

महेन्द्रकुमारी लिम्बू सङ्घीय संसदकी सदस्य (सांसद) एवम् नेपाली काङ्ग्रेस नेतृ हुन् । सांसद तथा पार्टीकी महासमिति सदस्य समेतरहेकी उनी मुलुकको संकट समाधानमा सरकार असफल भएको जिकीर गर्छिन् । संसदमा समसामयिक विषयमा आफ्नो अभिव्यक्ति राख्न पछि नपर्ने स्वभाव भएकी उनले संकट समाधानमा सवै राजनीतिक दललाई साथ लिएर अघि नबढे सम्म सरकारले दिशा नसमात्ने विचार राख्छिन् ।
प्रस्तुत छ ,दमक ८ निवासी सांसद लिम्बुसंग यिनै सेरोफेरोमा  सहकर्मी श्यामकृष्ण लम्सालले गरेको कुराकानी :

– मुलुकको वर्तमान अवस्थालाई कसरी हेर्नु भएको छ ?
मुलुक यतिबेला सङ्कटको अवस्था छ । कोरोना भाइरसको महामारीसंगै मुलुक जटिल मोडमा छ ।
–कस्तो जटिल अवस्था ? समाधान कसरी होला त ?
सरकार सञ्चालनका लागि जनादेश पाएको नेकपाको सरकार पूर्णरुपमा असफल भईसकेको छ । देशमा शुसासन दिन तथा समृद्धि दिने नारा यो सरकारले पूरा गर्लान भन्ने आधार समेत गुमाउदै गएको छ । कोरोना नियन्त्रणका नाममा भएको भ्रष्टचार वढेको छ । सरकारले सबै पार्टी समेटेर समाधान गर्नुपर्नेमा त्यो हुन सकेको छैन् ।
– प्रमुख प्रतिपक्षको भूमिका सशक्त भएन भनिन्छ नि ?
सरकारका गलत क्रियाकलापको सशक्त विरोध ग¥यौँ । सरकारले सदन नै स्थगित ग¥यो । यो कार्य नेपालको संसदीय इतिहास र परम्परा विपरीत कार्य हो ।
–सर्वोच्च अदालतले गरेको पूर्व डिआइजी रञ्जन कोइराला पक्षको फैसलालाई कसरी हेर्नु भएको छ ?
सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने जुन विश्वास थियो, त्यो गुमेको अनुभव गरेको छु । यस फैसलालाई फुलबेन्च (पूर्ण इजलास)ले सुर्धाछ भन्ने आशा जनताले गरेको अवस्था छ ।
– नेपाली काङ्ग्रेस के गर्दैछ ?
नेपाली काङ्ग्रेस आफ्नो महाधिवेशनको तयारीमा लागेको अवस्थामा छ । साथै जनताका पिर मर्का, कोरोना भाइरस विरुद्धको अभियान, जनतालाई राहत पु¥याउने काममा पनि काङ्ग्रेस सक्रिय छ । नेपाली काङ्ग्रेसले जनहित र जनजीविकाको सवालमा सरकारलाई सचेत बनाउँदै घच्घच्याइरहेको छ । यही सन्दर्भमा हाम्रो पार्टी सभापतिले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरेर पनि जनहितका काममा लाग्न आग्रह गरिरहनु भएको छ । तर सरकारले जनताको हित हुने कार्य गर्न सकेको छैन ।
– नेपाली काङ्ग्रेस गुट–उपगुटको दलदलमा फस्यो भनिन्छ नि ?
लामो प्रजातान्त्रिक इतिहास बोकेको लोकतान्त्रिक पार्टीमा बहस, छलफल हुनु स्वाभाविकै हो । विभिन्न राय परामर्श मतमतान्तर हुन्छन् । आगो पनि नठोसी बल्दैन । नेपाली जनताको भाग्य र भविष्य उज्ज्वल बनाउने पार्टी नेपाली काङ्ग्रेस नै हो । बीपीको प्रजातान्त्रिक समाजवाद अनुरुप काङ्ग्रेस अगाडि बढिरहने नै छ ।
–झापामा काङ्ग्रेसको अवस्था कस्तो छ ?
झापामा काङ्ग्रेस विगतभन्दा दिन प्रतिदिन सुध्रिँदै गएको अवस्थामा छ ।
–विकास निर्माणका काममा कत्तिको लाग्नु भएको छ ?
समानुपातिक सांसदलाई दिँदै आएको सांसद विकास कोषको रकम सबै काटिएको छ तथापि म व्यक्तिगत प्रयासबाट दमक, कमल, गौरादह, गौरीगञ्जमा सहयोग गरिरहेको छु । जनताको सेवामा समर्पित भइरहेकै छु । कोरोना भाइरस महामारीबाट बचाउन पनि म लागि परिरहेकै छु । व्यक्तिगत रुपमा सक्दो प्रयास गरिरहेकै छु ।
–भर्खरै वीपी स्मृति दिवस गयो, बीपीलाई कसरी सम्झनु हुन्छ ?
बीपीलाई नेपालको एक मात्र युगपुरुष ठान्दछु । उहाँकै आह्वानको २००७ सालको क्रान्तिमा मेरी मावली हजुरआमा जगु राई, पिता मुगाधन राईहरु लडेर प्रजातन्त्र ल्याएको इतिहास सम्झिँदा गर्वबोध हुन्छ । म वीपीलाई आफ्नो पितातुल्य ठान्दछु ।
–अन्तमा आफूलाई भन्न मन लागेको कुरा केही छ कि ?
अहिले विश्व कोरोना भाइरसको महामारीबाट त्रस्त छ । सरकारले गर्नुपर्ने काम प्रभावकारी ढङ्गले गर्न सकेको छैन । सरकार भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फँसिरहेको छ । यसबाट मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको छ । यो कुराबाट सरकार मुक्त हुन सक्नुपर्छ । अर्को कुरा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू सबैको अभिभावक बन्न सक्नु भएन । उहाँ राष्ट्रको अभिभावक बन्न सक्नुपर्छ । यो हाम्रो आग्रह हो । अनुरोध पनि हो । राष्ट्रपतिको गरिमा बचाउन र त्यो संस्थाप्रति सबैको आस्था बचाउन पनि राष्ट्रपति निष्पक्ष र सबैको साझा सम्मानित संस्था हुनैपर्छ । राष्ट्रपति कम्युनिष्ट धङ्धङीबाट मुक्त हुनैपर्छ । उहाँ महिला भएर पनि महिला हितका लागि बोल्नु हुन्न । महिला माथि अन्याय अत्याचार हुँदा पनि उहाँ मौन बस्ने गर्नु भएको छ । जुन दुःखको कुरा हो । उहाँलाई म सबैको साझा र सम्मानित बन्न अनुरोध पनि गर्दछु ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;