खसान राष्ट्रिय सघर्ष समिति उपत्याकाद्वारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन थाल्ने चेतावनी

,   लिम्बुवान न्युज
                       

काठमाडाैं। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै, तिहार, छैट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि खसान अध्यक्ष प्रेमबहादुर खातीले एकात्मक ब्राह्मणवादी राज्यसत्ताको विरुद्ध मङ्सिरबाट निर्णायक आन्दोलन सुरु गर्ने चेतावनी सरकारलाइ दिएका छन् ।

“खस समुदायलाई आदिवासीमा सुचिकृत गर्न, खस र आर्यको क्लस्टर अलग गर्नु पर्ने साथै खसान प्रान्तको स्थापना नभइन्जेल अब ६० लाख खस क्षेत्रीले यो एकात्मक ब्राह्मणवादी राज्यसत्ताको विरुद्धमा निर्णयक आन्दोलन यहि मङ्सिर पहिलाे हप्ताबाट सुरु गर्ने छ ।” मन्तव्य राख्नेक्रममा अध्यक्ष खातीले बताएका हुन् ।

उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, माननीय पूर्व सभासद आर के खम्बू, संघीय शेर्पा मन्चका टेम्डी शेर्पा, संघीय तामाङ्सालिङ मन्चका मिङमार लामा, संघीय दलित शिल्पी मन्चका शर्मिला बागचन्द लगायतका नेताहरुले उक्त शुभकामना अादनप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रम खसान राष्ट्रिय संघर्ष समिति उपत्याका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको थियाे भने संचालन समितिका उपाध्यक्ष रघुविर संह ठगुन्नाले गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;