आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…….(भिडीयोसहित )

 लिम्बुवान न्युज
                       

दमक। सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत  “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख”  बोलको गीतको म्युजिक भिडियो वजारमा ल्याएका हुन् ।

चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलमार्फत हिजो एक कार्यक्रमका बीच भिडीयोको सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नातीले बाजेको अतिततिर लैजान्छ । नातीले बाजेलाई तपाईको उमेरमा तपाई कस्तो हुनुहुन्थ्यो ? बोजुसंग कस्तो प्रेम थियो ? भन्ने जिज्ञासालाई कलाकार बनेका राज फागोले कल्पनामा अभिनय मार्फत उतारेका छन् ।

सो भिडियोमा समाजमा रहेको जातिय विभेद र अन्तरजातिय प्रेमका दृश्य हरुलाई भिडियो मार्फत देखाउन खोजिएको छ । उक्त म्युजिक भिडियोमा कलाकारहरु “सेवारो बाजे” बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भुमिका रहेको भिडियोको छायाँङकन भने सञ्जय विश्वकर्माले गरेका हुन् ।

नवराज घिमिरे निर्माता रहेको म्युजिक भिडियोको परिकल्पना तथा पटकथा, निर्देशक आङथुपोले तयार पारेका हुन भने, निर्देशन पनि आङथुपोले नै गरेका छन् ।
चुलाचुली मिडियाको प्रस्तुती रहेको म्युजिक भिडियोमा मेकअप तारा योङहाङ, लाइटमा शिखर लाम्गादे, मनकुमार योङहाङ रहेको भिडियो चुलाचुली गाउँपालिकाको आसपासमा छायाँङकन गरिएको छ ।

(भिडियाे तल हेर्नुहोस्)

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...