सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन

 लिम्बुवान न्युज
                       

एजेन्सी।  विश्व प्रसिद्द् दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ ।

फाइल तस्बिर : रोयटर्स

सामसुङले एक शाेक वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जनाएकाे छ । ली लामो समयदेखि अस्वस्थ्य भइ अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सन् १९४२ मा जन्मिएका लीले आफना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।

बुवा ली ब्युङ चुलको चाउचाउको व्यापारलाई विस्तार गर्दै ली कुन हीले इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन गर्दै सामसुङलाई विश्वव्यापी बनाएका थिए । अहिले सामसुङ स्मार्टफोन, टेलिभिजन र मेमोरी चिफ निर्माणमा विश्वकै अग्रणी कम्पनी मानिन्छ ।

सन् २००५ मा टाइम म्यागजिनले लीलाई विश्वकै सय जना प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो । उनका एक छोरा र दुई छोरी रहेका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...