शिवसताक्षी १० मा लिम्बुवान भोलेन्टियर्स संगठित

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षी १०मा आइतबार संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एल.भी.) कमाण्ड गठन भएको छ ।

मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय वार्ड कमाण्ड गठन गरिएको एल.भी. सिनियर फिल्ड उपकमाण्डर सुमन सम्बाहाम्फेले बताए । उक्त कार्यक्रममा मञ्चका क्षेत्रीय सदस्य शिव सेर्मा, लिला लावती, एल.भी. सिनियर कमाण्डर सुबिन चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम एल.भी. फिल्ड उपकामाण्डर सञ्जय सिगुको अध्यक्षता र सिनियर फिल्ड कमाण्डर रतन सिगुको संचालनमा भएको थियो ।

विगत ढेड दशक देखि लिम्बुवान स्वायत्तता प्राप्तिको लागि निरन्तर स्वयम्सेवकको रुपमा खटिरहेका एल.भी.ले पहिचान र सह–अस्तित्व रक्षाको लागि संगठित गरेर लाने क्रममा निरन्तर गरिरहेको लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले बताए । “जबसम्म पहिचान सहितको १०+१ अन्तर्गत लिम्बुवान स्वायत्त राज्य स्थापना हुँदैन एल.भी.हरुले निरन्तर राज्यसँग खबरदारी गरिरहने छन् ।” उनले भने ।

 

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...