शिवसताक्षी १० मा लिम्बुवान भोलेन्टियर्स संगठित

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षी १०मा आइतबार संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एल.भी.) कमाण्ड गठन भएको छ ।

मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय वार्ड कमाण्ड गठन गरिएको एल.भी. सिनियर फिल्ड उपकमाण्डर सुमन सम्बाहाम्फेले बताए । उक्त कार्यक्रममा मञ्चका क्षेत्रीय सदस्य शिव सेर्मा, लिला लावती, एल.भी. सिनियर कमाण्डर सुबिन चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम एल.भी. फिल्ड उपकामाण्डर सञ्जय सिगुको अध्यक्षता र सिनियर फिल्ड कमाण्डर रतन सिगुको संचालनमा भएको थियो ।

विगत ढेड दशक देखि लिम्बुवान स्वायत्तता प्राप्तिको लागि निरन्तर स्वयम्सेवकको रुपमा खटिरहेका एल.भी.ले पहिचान र सह–अस्तित्व रक्षाको लागि संगठित गरेर लाने क्रममा निरन्तर गरिरहेको लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले बताए । “जबसम्म पहिचान सहितको १०+१ अन्तर्गत लिम्बुवान स्वायत्त राज्य स्थापना हुँदैन एल.भी.हरुले निरन्तर राज्यसँग खबरदारी गरिरहने छन् ।” उनले भने ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...