दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल
सोमबार, १० कार्तिक, २०७७ बिहानको ०६:३२ बजे,
लिम्बुवान न्युज
काठमाडाैं। नेकपाका नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले दसैं नमान्ने बताएका छन् । कम्युनिष्टहरुले धर्मलाई अफिमको संज्ञा दिने भएकोले आफूले दसैं नमान्ने गरेको उनले बताए ।
पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा नेता गजुरेलले यो कुरा बताएका हुन् । उनले भने, ‘दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन । कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वास गर्दैन ।’
कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापमा विश्वास नगर्ने उनको भनाइ छ ।
सो क्रममा उनले आफू कहिल्यै मन्दिर नगएको र आगामी दिनमा पनि नजाने अठोट लिएको बताए । उनले आफूसहित नेकपाका धेरै नेताहरुले दसैं नमनाउने जानकारी दिए ।
तर जनताले धर्म मानेकोमा आफूहरुको कुनै आपत्ति नरहेको उनले प्रष्ट पारे ।
नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उनको टिप्पणी छ । उनले आफ्ना अधिकांश कार्यकर्ता कम्युनिष्ट हुन नसकेको घुमाउरो पाराले उनले बताए । (सार्वजनिक बाट)
शिवसताक्षी। झापाकाे शिवसताक्षी १ धरमपुरमा निर्मित सुनुवार सेवा समाजको कार्यालय भवन एक समारोह बिच उद्घाटन भएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार सेर्माले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा...
फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...
सुनसरी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ समितिको दुई दिने भेला महत्वपूर्ण १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रसा तालमा फागुन २१...
दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२