पाँचथरको कुम्मायक गाउँपालिका परेवा संरक्षणमा जुट्टदै

 लिम्बुवान न्युज
                       

यासोक। पाँचथरको कुम्मायक गाउँपालिकाकाे यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको बताएकाे छ। गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मतसम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो ।

 

यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ। यासोक बजारमा रहेको परेको गुँड संरक्षण, परेवाको संरक्षण, परेवालाई दाना व्यवस्थापनलगायत कार्य गर्न गाउँपालिकाले पशुपक्षी विकास शाखाका प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ भने गाउँपालिका उपाध्यक्ष सीता आचार्यको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

गठित समितिले दैनिक दुई पटक चारो हाल्ने, परेवाको रेखदेख गर्ने, विक्री वितरण तथा मास्ने कार्य रोक्ने जिम्मेवारी पाएको छ। परेवा मारे वा घाइते बनाए रु ५०० जरिवाना गर्ने अधिकारसमेत सोही समितिले पाएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका नायव प्राविधिक सहायक जीवन खड्काले बताए।

परेवाको संरक्षण र आहारका लागि दानपेटिका समेत राखिएको छ । उक्त दानपेटिकामा हालसम्म रु ६ हजार २५५ सङ्कलन भएको छ। परेवाको सङ्ख्या अत्यधिक हुने भएकाले परेवाका बच्चा भने विक्री गर्न दिइएको छ। परेवाका बच्चाको प्रतिजोडी मूल्य रु २५० तोकिएको छ।

यासोक बजारको दुईतर्फ कुम्मायक र कुस्सायक धार्मिकस्थल रहेका छन्। यहाँ दर्शनार्थीले उडाउने परेवा संरक्षणका लागि विसं २०२३ मा परेवाको गुँड स्थापना गरिएको थियो। हालसम्म उक्त गुँड र परेवा संरक्षणको काम स्थानीयवासीले गर्दै आएकामा पछिल्लो पटक गाउँपालिकाले उक्त कार्यको जिम्मेवारी लिएको हो ।

संरक्षण अभावमा गुँड जीर्ण बनेको थियो भने परेवा मासिने अवस्थामा पुगेका थिए । यासोकमा रहेको परेवाको गुँड यहाँ पुग्ने पर्यटकहरुको मुख्य आकर्षणमा पर्ने गरेको छ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...