कोरोनाबाट बढी प्रभावित मुलुकमा नेपाल ३४ औँ स्थानमा

 लिम्बुवान खबर
                       

काठमाडौँ । कोरोना भाइरसबाट बढी प्रभावित हुने मुलुकको सूचिमा नेपाल ३४ औं स्थानमा पुगेको छ, याे संगै नेपालमा अब खतराकाे घण्टी बजेकाे छ  । वर्ल्डोमिटरको तथ्या‌ङक अनुसार कोरोना संक्रमित संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ।

काेराेना महामारी सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन झनझन बढ्दै गएकाे छ । विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ भने ११ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे २४ घण्टाबाट कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ।  दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ। यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जना कोरोना संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा छन्। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...