किरणकाे निर्देशनमा दयाहाङ र विमलाकाे अभिनय रहेकाे “आउन माया” भिडियाे सार्वजनिक
शनिबार, १५ कार्तिक, २०७७ दिउँसोको ०१:३५ बजे,
लिम्बुवान न्युज
दमक। युवा पुस्ताका सफल निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाटकहरुको सफल निर्देशन गरी चम्किएका किरणको हाल म्यूजिक भिडियो निर्देशनमा पनि उत्तिकै दख्खल भएको प्रमाण पछिल्लो एक पछि अर्को नेपाली गीतहरू भिडियाेले ल्याइरहेको देखिन्छ । त्यसमा शनिबार अाउन माया बाेलकाे गीत सार्वजनिक भएको हाे ।
टुवेल्भ नोट्स नामक युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ । लम्सालकै एरेन्जमा बनेको गीतलाई गायक सुमन राई र गायिका मेलिना राईले स्वर दिएका छन् ।
भिडियोमा चचिर्त राष्टिय कलाकार दयाहाङ राई र मोडल बिमला खजुमलाई प्रेमी जोडीको रुपमा देख्न सकिन्छ । भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । इलाम र झापाकाे संगम स्थल चपेटी, रतुवा खाेला वरिपरि छायांकन गरिएकाे गीतलाइ निर्देशक राइले वियाेगान्त कथामा उत्कृष्ट ढंगबाट पस्केका छन् ।
दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...
दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...
ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...
दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...