संघीय मञ्चको आव्हानमा ४३ जनाले गरे रक्तदान

 लिम्बुवान न्युज
                       

 

काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आज काठमाडौं एयर्पोट शम्भुमार्ग गेट नं. ४ मा रक्तदान कार्यक्रम गरेको छ ।

‘‘कोरोना भाइरस महामारी बिरुद्धको लडाईमा सम्पूर्ण नेपालीको एकताका लागि रक्तदान’’ भन्ने नाराका साथ अहिले विश्व नै कोभिड १९ को महामारीसँग लडिरहेको हुँदा रक्तदान नै जीवनदान भएको हुँदा सो कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ ।

रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेका थिए । सुविधानगर तिनकुनेमा अवस्थित कान्तिपुर अस्पतालको रक्त सञ्चार शाखाका प्राविधिक टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग पु¥याएका थिए ।

उक्त रक्तदान कार्यक्रममा मञ्चका अर्थ सचिव दिपा लिम्बु (गंगा), मञ्चका उपत्यका अध्यक्ष मिक्तोक लिम्बु, त्यसैगरी पाल्देन तामाङ, घनश्याम लिम्बु, विशाल राई, प्रताप लिम्बु, सडक बहादुर लिम्बु, रुपेश लामा, तेम्बा लामा, प्रेम लामा, तामाङ्सालिङ अध्यक्ष मिङमार लामा, प्रितम लिम्बु, सुन्दर लिम्बु, प्रयास बान्तवा राई, सबिना थाम्सुहाङ सरोज आलेमगर, रविन गुरुङ, निमा लामा, बन्दना लिम्बु, मनोज कुमार सुनुवार, दिपक लिम्बु, रन बहादुर रम्तेल, फुङमा लिम्बु, तेन्जी शेर्पा, शान्ता नेम्बाङ, प्रविन लिम्बु, निमा लामा, राजु तामाङ, अनिता गुरुङ, विनोद विष्ट, छिरिङ लामा, सन्तोष विष्ट, दोर्ण सम्बाहाम्फे, साम्योन सुब्बा र एक जना नाम नखुलेका गरी ४३ जनाले रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, अर्थ संयोजक विष्णु यक्सो, अर्थ सचिव दिपा लिम्बु लगायत तामाङसालिङ र शेर्पा मञ्चका नेताहरुको समेत उपस्थिति रहेको मञ्चका केन्द्रीय सदस्य चन्द्र लाभासा लिम्बुले बताए । कार्यक्रममा रगत दान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई मञ्चको तर्फबाट अध्यक्ष लिङ्देनद्वारा प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...