श्रीमानले नै गरे श्रीमतिको हत्या ! मृतकका श्रीमान पक्राउ

 लिम्बुवान खबर
                       

श्रीमान भण्डारीले युट्युवर तथा घटनास्थल पुगेका पत्रकारहरुलाई आफु घर आँउदा बिभत्स अवस्थामा शव देखेको र आफु वाहिर गएको समयमा हत्या भएको भन्दै अन्तरवार्ता नै दिएका थिए । प्रहरीले भने प्राम्भिक चरणमा उनितर्फ अनुसन्धान बढाएको थिएन ।

घटनास्थलको प्रकृती तथा पोष्टमाटम रिर्पोट लगायतका आधारमा हत्या गरिएकी महिलाका श्रीमान भण्डारीलाई प्रहरीले अभियुक्तको रुपमा हेर्न सकिने भन्दै अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाएको प्रहरी श्रोतको भनाई छ । उनले हत्या गरेको हुँ भनेर स्वीकार गरेको अवस्था छैन, अनुसन्धानमा संलग्न प्रहरी श्रोतको भनाई छ ।

कमल गाँउपालिकाबाट उनिहरु सोहिदिन गौरादहस्थित उक्त घरमा पुगेका थिए । श्रीमान भीमबहादुरले श्रीमति मनमायालाई उक्त घरमा लगेका थिए ? प्रश्न उब्जेको छ । घटनाको बिषयमा चाँडै अनुसन्धान गरेर बाहिर सार्वजनिक गरिनु पर्ने स्थानीयको माग छ ।

हत्या अभियोगमा श्रीमान भण्डारीको पक्राउबारे जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण यस्तो छ-

श्रीमती मारेको आरोपमा भिम ब. भण्डारी पक्राउ:

प्रेस नोट:-

मिति २०७७/०६/१२ गते अं. १६:३० बजेको समयमा जिल्ला झापा गौरादह न.पा. वडा नं. ०१ स्थित  भिम बहादुर भण्डारीको घरमा निजको श्रीमती बर्ष ६५ की मनमाया भण्डारीको मृत लाश फेला परेको भनि प्रहरीलाई सूचना आए पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा, घट्नास्थलको अनुसन्धान, घरपरिवार, स्थानिय बासिन्दा, छरछिमेकका ब्यक्तिहरुबाट बुझिएका कुराहरु साथै बि.पि.के.आई. एच. एस. धरान सुनसरीबाट प्राप्त पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय बिश्‍लेषणबाट मृतक मनमाया भण्डारीको श्रीमान बर्ष ६४ को भिम बहादुर भण्डारी मृतक मनमाया भण्डारी संगै रहेको समयमा नै घट्ना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको हुँदा निज भिम बहादुर भण्डारीलाई सम्मानित जिल्ला अदालत झापाबाट मिति २०७७/०६/१६ गते दिन ७ म्याद थप गरी थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...