पत्रकार मञ्चकाे अक्षयकोषमा १८ हजार १ सय ८६ रुपैयाँ जम्मा

 लिम्बुवान खबर
                       

दमक /पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु ३ हजार ,सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार १ सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु ४ हजार ७५ गरी शुक्रबार एनआईसी एसिया बैंक दमकमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको मञ्चका कार्यवाहक कोषाध्यक्ष धन बहादुर थेवेले जानकारी दिए ।

 

मञ्चको २०७७ जेठ ३२ गते बसेको बैठकले पत्रकार अक्षयकोष नाममा बैंक खाता खोल्ने निर्णय गरेको थियो । त्यसका लागी पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल संयोजक,कार्यवाहक कोषध्यक्ष धन बहादुर थेवे सदस्य ,कार्यसमिति सदस्य गीता ढुंगाना सदस्य रहेको समिती बनाइएको थियो ।

सोही अनुसार यहि अशोज १४ गते पत्रकार मञ्च दमकको (पत्रकार अक्षयकोष) ०३४४१५००३७१२१००२ नम्बरको खाता खोलीएको छ ।

आगामी केही बर्षमा नै रु ५ लाख रुपैयाँको अक्षयकोष बनाई त्यसबाट प्राप्त ब्याज रकमले यहाँ क्रियाशिल सञ्चारकर्मी तथा पत्रकारको हितमा काम गर्ने बताइएको छ ।

अक्षय कोषका लागी सानो विनियमावली तयारी समिती बनाएर प्रक्रियामा गई अक्षय कोष नियमावली पारित गरिने मञ्चका अध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदालले बताए । गदालका अनुसार कसैको जन्मदिन विवाह ,व्रतबन्ध जस्ता उत्सवको अवसरमा पनि अक्षयकोषमा रकम जम्मा गर्न सकिनेछ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;