धरान १६ मा लिम्बुवान यूवा मञ्च गठन

,   लिम्बुवान खबर
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च धरान १६ मा विशाल याक्खाको अध्यक्षता ४० सदस्यीय वडा कमिटी गठन भएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेका छन् ।

कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा भएको थियो । अध्यक्ष इमजले संघीयतामा पहिचान, सह–अस्तित्ववाद र संघीय सामुदायिक समाजवाद नै लिम्बुवान मञ्चको राजनैतिक दर्शन भएको बताउनु हुँदै सबै युवाहरु लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनार्थ एकजुट भएर अगाडि बढ्नु पर्ने बताएका छन् । कार्यक्रममा नगर अध्यक्ष सञ्जुहाङ् साम्बा, युवामञ्च जिल्ला उपाध्यक्ष शम्भू रानामगर, महिला मञ्च नगर अध्यक्ष नर्वदा लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

धरान वडा नं. १६ को उक्त गठित कमिटीमा उपाध्यक्ष पोक्या लिम्बू, सचिव करन मरिक, सह–सचिव सुरेन मरिक, कोषाध्यक्ष अविशेक मगर, सदस्यहरुमा क्रमशः सेरिङ लिम्बु, सुसान्त लिम्बू, सन्देश राई, अर्जुन केसि, जीवन राई, आशिष साह, रसिद जाबेद, डेनि मगर, शिदान्त खतिवडा, निलेस भारति, अस्मिन भट्टराई, किरन गुरुङ, सस्मित छेत्री, सन्देस लिम्बू, सोर्निम राई, सगन राई, रिवा राई, अमित लुइँटेल, पुकार राई, सन्देश पौडेल, प्रज्वल तामाङ, रोमन गुरुङ, पुष्कर रिजाल, उमेश मरिक, युरा वनेम, वाकिता लिम्बु, सचिन लिम्बु, अनमोल राई, कजन राई, करन मरिक, राहुल मरिक, बेनि मगर, बिशाल जिमि, निरज मरिक, सुरज राई, बिशाल मरिक र सागर पौडेल चयन भएका छन ।

यस गठन कार्यक्रमको सहजीकरण मञ्चका सचिव पूर्णकला तेयुङ् लिम्बु र के.स. विवि लिङ्दमले गर्नुभएको विद्यार्थी नेता सजन याक्खाले बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;