धरान १६ मा लिम्बुवान यूवा मञ्च गठन

,   लिम्बुवान खबर
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च धरान १६ मा विशाल याक्खाको अध्यक्षता ४० सदस्यीय वडा कमिटी गठन भएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेका छन् ।

कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा भएको थियो । अध्यक्ष इमजले संघीयतामा पहिचान, सह–अस्तित्ववाद र संघीय सामुदायिक समाजवाद नै लिम्बुवान मञ्चको राजनैतिक दर्शन भएको बताउनु हुँदै सबै युवाहरु लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनार्थ एकजुट भएर अगाडि बढ्नु पर्ने बताएका छन् । कार्यक्रममा नगर अध्यक्ष सञ्जुहाङ् साम्बा, युवामञ्च जिल्ला उपाध्यक्ष शम्भू रानामगर, महिला मञ्च नगर अध्यक्ष नर्वदा लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

धरान वडा नं. १६ को उक्त गठित कमिटीमा उपाध्यक्ष पोक्या लिम्बू, सचिव करन मरिक, सह–सचिव सुरेन मरिक, कोषाध्यक्ष अविशेक मगर, सदस्यहरुमा क्रमशः सेरिङ लिम्बु, सुसान्त लिम्बू, सन्देश राई, अर्जुन केसि, जीवन राई, आशिष साह, रसिद जाबेद, डेनि मगर, शिदान्त खतिवडा, निलेस भारति, अस्मिन भट्टराई, किरन गुरुङ, सस्मित छेत्री, सन्देस लिम्बू, सोर्निम राई, सगन राई, रिवा राई, अमित लुइँटेल, पुकार राई, सन्देश पौडेल, प्रज्वल तामाङ, रोमन गुरुङ, पुष्कर रिजाल, उमेश मरिक, युरा वनेम, वाकिता लिम्बु, सचिन लिम्बु, अनमोल राई, कजन राई, करन मरिक, राहुल मरिक, बेनि मगर, बिशाल जिमि, निरज मरिक, सुरज राई, बिशाल मरिक र सागर पौडेल चयन भएका छन ।

यस गठन कार्यक्रमको सहजीकरण मञ्चका सचिव पूर्णकला तेयुङ् लिम्बु र के.स. विवि लिङ्दमले गर्नुभएको विद्यार्थी नेता सजन याक्खाले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;