गौरीगञ्जमा लिम्बुवान युवा मञ्च गठन

 लिम्बुवान खबर
                       

गौरीगञ्ज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्जले जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च गठन गरेको छ ।


मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा संगठन विस्तार तथा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रेम राईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको उक्त समितिको उपाध्यक्षहरुमा कान्छा लिम्बु, बलराम योङ्या, सचिवमा नगेन्द्र खेवा,सह–सचिवमा आकाश लिम्बु, अर्थसचिवमा दिनेश लिम्बु त्यसैगरी सदस्यहरुमा क्रमशः विनोद कुमार लिम्बु, जोसिब राजवंशी, सञ्जु लिम्बु, नगेन्द्र राई, जित बहादुर तामाङ, किरण आचार्य, हस्त लिम्बु, प्रेम सेनिहाङ र चन्द्र लिम्बु रहेका छन् ।


मञ्चका सचिवालय सदस्य भक्त मेन्याङ्बो, जिल्ला अध्यक्ष धन बहादुर पन्धाक, जिल्ला सदस्यहरु सुभानसिंह कुरुम्बाङ र चन्द्र बहादुर खेवाको समेतले मञ्चको राजनैतिक गतिविधि प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रम संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्ज गाउँपालिका अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...