गौरीगञ्जमा लिम्बुवान युवा मञ्च गठन

 लिम्बुवान खबर
                       

गौरीगञ्ज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्जले जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च गठन गरेको छ ।


मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा संगठन विस्तार तथा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रेम राईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको उक्त समितिको उपाध्यक्षहरुमा कान्छा लिम्बु, बलराम योङ्या, सचिवमा नगेन्द्र खेवा,सह–सचिवमा आकाश लिम्बु, अर्थसचिवमा दिनेश लिम्बु त्यसैगरी सदस्यहरुमा क्रमशः विनोद कुमार लिम्बु, जोसिब राजवंशी, सञ्जु लिम्बु, नगेन्द्र राई, जित बहादुर तामाङ, किरण आचार्य, हस्त लिम्बु, प्रेम सेनिहाङ र चन्द्र लिम्बु रहेका छन् ।


मञ्चका सचिवालय सदस्य भक्त मेन्याङ्बो, जिल्ला अध्यक्ष धन बहादुर पन्धाक, जिल्ला सदस्यहरु सुभानसिंह कुरुम्बाङ र चन्द्र बहादुर खेवाको समेतले मञ्चको राजनैतिक गतिविधि प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रम संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्ज गाउँपालिका अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...