झापा। झापामा आज आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा न १,४,५,र ३ का २ जना महिला र ६ जना पुरुष हरु रहेका छन् । जसमा १ जना उदयपुर ठेगाना भएका सुरक्षाकर्मी ,१ जना स्वास्थ्यकर्मी र १ जना पत्रकार रहेका छन् । बिर्तामोडका संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।
यस्तै दमक नगरपालिका वडा न २,८,१,५ र ९ क ४ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । जसमा १ जना भारतबाट आएका हुन् भने ८ जना स्थानीय बासिन्दा रहेका छन् भने २ जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन भएको हो ।
यसैगरी कमल गाउपलिका वडा न ४ का १ जना स्थानीय पुरुष र अर्जुनधारा नगरपालिका वडा न ४ क १ जना स्थानीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ दुवै जनाको स्वाब संखुवासभाबाट संकलन भएको चौंलागाईले बताए ।
आज संक्रमण पुष्टि भएका १९ जना संगै झापामा कुल संक्रमितको संख्या ९३० पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
Related