युवा मञ्चको सांगठनिक तथा राजनैतिक प्रशिक्षण सम्पन्न

 लिम्बुवान खबर
                       

फेदेन। संघीय युवा मञ्च जिल्ला कार्य समिति पाँचथरद्वारा आयाेजित एकदिने सांगठनिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार फेदेन बजार स्थित चुम्लुङ्हिमको सभाहलमा सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रमलाइ बौद्धिक युवा नेता तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ्ले सहजीकरण गरेका थिए ।

जिल्ला कार्य समितिका २७ जना युवा नेताहरूकाे सहभागीता रहेकाे प्रशिक्षण कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष सागर केरुङ लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।

संगठनको दार्शनिक, सांगठनिक तथा आगामी आन्दोलन बारे प्रशिक्षण आयोजना गरिएको कार्य वाहक जिल्ला अध्यक्ष आधार घिमिरेले जनाए ।

 

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...