झापाको दमकबाट ब्राउनसुगर कारोबार गर्ने एक महिला पक्राउ

 लिम्बुवान खबर
                       

झापा । झापाको दमकबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् ।

आज बिहान ११ः३० बजे दमक नगरपालिका वडा नं ९ दिपज्योति उराउ टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर कोठामा लागूऔषध ब्राउनसुगर किनबेच गर्ने गरेको जानकारी प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको घरभित्र खानतलासी गर्दा उनको कोठाभित्र पलङमुनि लुकाई राखेको ५ वटा प्लाष्टिकको पोकामा ३५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ र नगद ७४ हजार ६१५ रुपैयाँ बरामद गरेको हो ।

उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...