दमक नगरपालिका र वडा कार्यालयहरु चार दिनका लागि बन्द, मेयरलाई कोरोनाको आशंका

 लिम्बुवान खबर
                       

दमक/ झापाको दमक नगरपालिका कार्यालय र वडा कार्यालयहरु भोली २० असोजदेखि ४ दिनका लागि बन्द गरिएका छन ।

नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाले आज आकस्मिक रुपमा सूचना जारी गरेर जनाएको छ । नगरपालिकाका तर्फबाट उपसचिव दिनेशकुमार न्यौपानेले आज हस्ताक्षर गरेर जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

नगरपालिका स्रोतका अनुसार साेमबार दमकमा एक महिलासहित कूल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रिपोर्ट होल्ड भएका मध्ये दुई जना नगरपालिकाका पदाधिकारी हुन । नगरपालिकाका प्रमुख रोमनाथ ओली र १० नम्बर वडाध्यक्ष बोधराज न्यौपानेसहित केही अन्य नगरबासीको समेत कोरोना परिक्षण रिपोर्ट होल्डमा रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

दमकका मेयरलाई कोरोनाको आशंका गरिएसँगै नगरपालिकाले कार्यालय र वार्ड कार्यालय ४ दिनलाई बन्द गरेको जनाएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...