शहिद माङ्तोक दिवसमा लिम्बुवानले नौ जिल्लामा श्रद्धाञ्जलि सभा गर्दै

 लिम्बुवान खबर
                       

दमक।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चले आज राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे माङ्तोकको तेह्राऔं स्मृति दिवस नौ जिल्लामा विभिन्न स्थानहरुमा श्रद्धाञ्जलि सभा गर्दै मनाउने जनाएको छ ।

२०६४ असोज २० गते पूर्ण ऐतिहासिक संविधानसभाको चुनाव समानुपातिक पद्दतीले गर्नु पर्ने, अरुण पूर्व नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य स्थापना गरिनु पर्ने माग राखी गरिएको आन्दोलनको क्रममा शहिद माङ्तोकले शहादत्त प्राप्त गरेको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताएका छन् ।

आधुनिक लिम्बुवान आन्दोलनका शहिदले चिनिने माङ्तोक र विद्यार्थी राष्ट्रिय शहिद मनिल तामाङ्हरुको स्मृतिमा नेपाल सरकार संस्था दर्ता ऐन अनुसार “शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठान” संस्था संचालन गरि नौ जिल्लामा क्रियासिल भएको प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले जनाएका छन् । आज प्रतिष्ठानले शहिद माङ्तोकको निर्माणाधिन शालिकको मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को हातबाट अनावरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव लावतीले बताए ।

सम्बन्धित समाचार

चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित...

कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य...

लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति...

विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् । दिगो...